२ जेष्ठ २०८३, शनिबार | May 16, 2026

गरिव परिवारको आयआर्जनका लागि नि-शुल्क कुखुरा



बुटवल । रुपन्देहीको सियारी गाउँपालिकाले अति विपन्न परिवारलाई आयआर्जनमा सहयोग गर्ने उद्देश्यले कुखुराको खोर निर्माण गरिदिने र कुखुरा वितरण गर्ने भएको छ ।

मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तर्गत सियारी गाउँपालिका वडा नं.३ को सियारी टोलका २५ घरपरिवारलाई पालिकाले प्रति परिवार एउटा कुखुराको खोर र ३० वटा लोक्कल कुखुरा वितरण गर्ने भएको छ । गांउपालिकाले कुखुरा पालनका लागि कम्तीमा २ महिना पुग्ने कुखुराको दाना समेत उपलब्ध गराउने भएको छ ।

मुख्यमन्त्री ग्रामीण बिकास कार्यक्रमले गरिव परिवारलाई घरखर्च चलाउन तथा बालबालिकाहरुको पढाईमा थप मद्दत मिल्ने गाउँपालिका अध्यक्ष अयोध्या थारुले बताए । उनले भने– “गरिव परिवारको आर्थिक समृद्धिका लागि पालिकाले विभिन्न कार्यक्रम गर्दै आएको छ ।”

कुखुराको खोर र कुखुरा बितरणको बजेट भने मुख्यमन्त्री ग्रामीण बिकास कार्यक्रम अन्तर्गत प्रदेश सरकारले सहयोग गरेको हो । र्काक्रमका लागि प्रदेश सरकारले पाँच लाख सहयोग गरेको उनले जानकारी दिए ।

प्रकाशित मिति : ३२ जेष्ठ २०७७, आइतबार  १० : ३९ बजे

१ सय रुपैयाँ बढीको सामानमा उठाउँदै आएको भन्सार शुल्कमा सर्वोच्च अदालतको रोक

काठमाडौं । नेपाल-भारत सीमा नाकाबाट १ सय रुपैयाँ भन्दा बढीको

विभिन्न शैक्षिक परामर्श केन्द्रका ६९ जना सञ्चालक नियन्त्रणमा

काठमाडौँ । नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले

धादिङमा ५२ किलो अफिम र तीन वटा भरुवा बन्दुक बरामद

धादिङ । फरार प्रतिवादीको खोजीमा खटिएको धादिङ प्रहरीले ठूलो परिमाणमा

संचारकर्मीहरुका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकारण

नेपालगन्ज । नेपालगन्जमा आजदेखि संचारकर्मीहरुका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि

एन्फामाथिको निलम्बन बिनाशर्त फुकुवा

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल सङ्घ