१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

फेरि फेरियो सवारी नियम : आजदेखि दुई पाङ्ग्रे सवारीमा पनि जोर-बिजोर लागू



काठमाडौं । गृह मन्त्रालयको निर्देशनपछि आजदेखि देशभर दुई पाङ्ग्रे सवारी साधनमा पनि जोरबिजोर लागू हुने भएको छ ।

गृह मन्त्रालयले सबै निजी सवारी साधनमा जोर-बिजोर प्रणाली लागू गर्न मन्त्रालय मातहतका निकायलाई निर्देशन दिएको छ ।

मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले मन्त्रिपरिषद्को निर्णयलाई थप प्रष्ट पार्दै मोटरसाइकलमा पनि आजदेखि जोर-बिजोर प्रणाली लागू हुनेगरी मातहतका निकायमा परिपत्र गरिएको बताउनुभयो ।

आजदेखि ४ पाङ्ग्रे र २ पाङ्ग्रे सवारी साधन सबैमा जोर-बिजोर प्रणाली लागू हुने भएको छ । मोटरसाइकल र स्कुटरमा एकजना मात्र बस्ने नियम पनि परिवर्तन नहुने भएको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भोलिदेखि सबै प्रकारका निजी सावारीमा जोर-बिजोर प्रणाली लागू हुने जानकारी दिनुभएको छ ।

जोर-बिजोर प्रणाली अनुसार जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरका सवारी साधन सञ्चालन हुने छन् । यस्तै ट्राफिक प्रहरीले पनि आजदेखि जोर-बिजोर प्रणाली लागू गराउन गृहमन्त्रालयले निर्देशन गरेको जनाएको छ ।

सरकारले काठमाडौं उपत्यका प्रवेश र बाहिरिनका लागि पनि आजदेखि विशेष पासको व्यवस्था गरेको छ ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ५ : ४९ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा