१८ माघ २०७९, बुधबार | February 1, 2023

रियल मड्रिडको प्रभावशाली जित, बार्सिलोनामाथि दबाब



काठमाडौं । स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा उपाधि होडमा रहेको रियल मड्रिड विजयी भएको छ ।

अस्थायी घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले एइबरलाई ३–१ ले पराजित गरेर शीर्षस्थानको बार्सिलोनामाथिको दबाब कायम राखेको हो ।

रियल मड्रिडले पहिलो हाफमै तीन गोल गरेर दोस्रो हाफमा एक गोल खाएको हो । जिनेदिन जिदानको टिमका लागि चौथो मिनेटमा टोनी क्रसले गोल गरेर सुरुवाति अग्रता दिलाए ।

३० औँ मिनेटमा सर्जियो रामोस तथा ३७ औँ मिनेटमा मार्सेलोले गोल गरेका हुन् । एइबरका लागि ६० औँ मिनेटमा बिगासले एक गोल फर्काए ।

जितपछि दोस्रो स्थानको रियल मड्रिडको २८ खेलबाट ५९ अंक भएको छ । अर्थात रियल मड्रिड बार्सिलोना भन्दा दुई अंकले पछि रहेको छ ।

रियल मड्रिडले कोरोना भाइरसको महामारीका कारण रोकिएको खेल तीन महिनापछि सुरु हुँदाको पहिलो खेलमा जित निकालेको हो ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ६ : २३ बजे

‘एन आई सी एशिया मर्चेन्ट मिट २०२३’ सम्पन्न, मर्चेन्टहरुको उल्लेख्य सहभागिता

काठमाडौ । एन आई सी एशिया बैंक लिमिटेडले ‘सेलेब्रेटिङ डिजिटल

कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ

बागमती प्रदेशसभाको बैठक माघ २२ गते अपराह्न बस्ने

हेटौंडा । बागमती प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो बैठक यही माघ

रवि लामिछानेको सांसद पद रिक्त भएको जानकारी गराए सभामुख घिमिरेले

काठमाडौं । सभामुख देवराज घिमिरेले रवि लामिछानेको सांसद पद खारेज

पोखरामा कहिले सुरु हुन्छ तार भूमिगतको काम ?

पोखरा । पोखरामा विद्युतीय तार भूमिगत गर्न भारतीय टाटा प्रोजेक्टस