३ आश्विन २०८३, शनिबार | September 19, 2026

रियल मड्रिडको प्रभावशाली जित, बार्सिलोनामाथि दबाब



काठमाडौं । स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा उपाधि होडमा रहेको रियल मड्रिड विजयी भएको छ ।

अस्थायी घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले एइबरलाई ३–१ ले पराजित गरेर शीर्षस्थानको बार्सिलोनामाथिको दबाब कायम राखेको हो ।

रियल मड्रिडले पहिलो हाफमै तीन गोल गरेर दोस्रो हाफमा एक गोल खाएको हो । जिनेदिन जिदानको टिमका लागि चौथो मिनेटमा टोनी क्रसले गोल गरेर सुरुवाति अग्रता दिलाए ।

३० औँ मिनेटमा सर्जियो रामोस तथा ३७ औँ मिनेटमा मार्सेलोले गोल गरेका हुन् । एइबरका लागि ६० औँ मिनेटमा बिगासले एक गोल फर्काए ।

जितपछि दोस्रो स्थानको रियल मड्रिडको २८ खेलबाट ५९ अंक भएको छ । अर्थात रियल मड्रिड बार्सिलोना भन्दा दुई अंकले पछि रहेको छ ।

रियल मड्रिडले कोरोना भाइरसको महामारीका कारण रोकिएको खेल तीन महिनापछि सुरु हुँदाको पहिलो खेलमा जित निकालेको हो ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ६ : २३ बजे

अर्थमन्त्री डा वाग्ले स्वदेश फिर्ता

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सम्पन्न

कार्यदल मै नरहेका प्रदीप ज्ञवालीले लेखे पुनर्गठनसम्बन्धी कार्यदलको तेस्रो प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं । नेकपा (एमाले) को पार्टी पुनर्गठनसम्बन्धी एजेण्डामा तेस्रो प्रतिवेदन

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

सिमरा होटलमा विवादपछि चक्कु प्रहार, ३५ वर्षीय युवकको मृत्यु

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरास्थित एक होटलमा चक्कु प्रहारबाट

खजुरा क्यान्सर अस्पतालमा बिग्रेको लिन्याक मेसिन ६ महिनापछि सञ्चालनमा

नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब