२१ फाल्गुन २०८२, बिहिबार | March 6, 2026

बेलहिया नाका : जेठ महिनामा १८ हजार नेपाली स्वदेश फर्किए, २३ हजार भारतीय घर गए



बुटवल । भारतबाट घर फर्किर्ने नेपाली नागिरकको संख्या निरन्तर बढिरहेको छ । सरकारले खुला गरेका २० नाकाबाट दैनिक सयौं नागरिक स्वदेश फर्किरहेका छन् ।

कोरोना भाइरसको महामारीबाट नराम्रोसँग थलिएको भारतमा रहेका नागरिकहरु भित्रिएसँगै नेपालमा पनि कोरोना संक्रमण दिनदिनै बढिरहेको छ ।

रुपन्देहीको बेलहिया नाकाबाट मात्रै जेठ महिनामा १८ हजार बढी नेपाली स्वदेश फर्किएका छन् । इलाका प्रहरी कार्यालय बेलहियासँग जेठ ३२ गतेसम्मको तथ्याङ्क अनुसार बेलहिया नाकाहुँदै १८ हजार ४९१ जना नेपाली नेपाल भित्रिएका छन् । आइतबार मात्रै ६७६ जना नेपाली नेपाल भित्रिएका छन् ।

बेलहिया नाकाबाट भित्रिएका अधिकांश नागरिक बागलुङ, कास्की, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, रुपन्देही, नवलपरासी, कपिलवस्तुका रहेका छन् ।

नेपाल आएका सबैलाई उनीहरुको सम्बन्धित जिल्लाको पालिकासँग समन्वय गरेर गन्तव्यमा पठाइने गरिएको छ । जिल्ला पुग्ने वित्तिै उनीहरु तोकिएको क्वारेन्टिनमा बस्नुपर्ने नियम बनाइएको छ ।

त्यसो त, नेपाली नागरिक मात्रै घर फर्किएका छैनन् । नेपालमा रहेका भारतीय नागरिक पनि आफ्नो देश फर्किका छन् ।

बेलहियाबाट जेठमा २३ हजार ६४२ जना भारतीय नागरिक भारत गएका छन् । आइतबार मात्रै ६११ जना भारतीय नागरिक भारत प्रवेश गरेको इलाका प्रहरी कार्यालय, बेलहियाले जानकारी दिएको छ ।

कोरोना भाइरसको महामारीका कारण भारतमा कामविहीन बनेपछि नेपाली नागरिक घर फर्कने क्रम सुरु भएको थियो । भारतका विभिन्न ठाउँमा रोजगारीका लागि गएका नेपाली नागरिक अहिले भारतीय रेल तथा सार्वजनिक बस चढेर सुनौली नाकासम्म आउने छन् ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ८ : ०९ बजे

शान्तिपूर्ण निर्वाचनका लागि अमेरिकाद्वारा बधाई

काठमाडौँ । नेपालमा प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकामा

नेपालमा निर्वाचन सम्पन्न भएकोमा भारतको स्वागत

काठमाडौं । नेपालमा सफलतापूर्वक आम निर्वाचन सम्पन्न भएकोमा भारतले स्वागत

मतदान सफलतापूर्वक सम्पन्न भएकामा गृहमन्त्रीद्वारा धन्यवाद

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान कार्य

निःस्वार्थ र निष्ठा राखेर काम गरे फत्ते हुन्छ : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले निःस्वास्र्थ र निष्ठा राखेर काम

बाँकेमा २ लाख २२ हजार ३६६ जनाले गरे मतदान, पुरुष भन्दा महिलाले गरे बढी मतदान

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा बाँके जिल्लामा ६३