२१ फाल्गुन २०८२, बिहिबार | March 6, 2026

वनपैदावरको कारोबार फुक्का, सालको काठमा लगाइएको प्रतिबन्ध कायमै



काठमाडौं । व्यापक आलोचना बढेपछि सरकारले सालको काठ बाहेक अन्य काठ र वनपैदावको कारोबार फुकुवा गरेको छ ।

गत जेठ १५ गतेको मन्त्रिपरिषद् बैठकले नेपालका कुनै पनि काठजन्य वस्तु विक्रिवितरणमा रोक लगाएको थियो । मन्त्रिपरिषद्को निर्णयलाई तत्कालै वनमन्त्रालयले प्रदेशको मातहत मन्त्रालयलाई निर्देशन दिएको थियो ।

तर, गत जेठ २८ गतेको मन्त्रिपरिषदको निर्णयले सालको काठबाहेक अन्य काठको कारोबारलाई खुला गरेको छ । वन मन्त्रालयले सबै प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई परिपत्र पठाउँदै वन पैदावरसम्बन्धी रोकिएका काम सुचारु गर्न अनुरोध गरेको छ ।
वन मन्त्रालयले पठाएको पत्रमा भनिएको छ, ‘राष्ट्रिय वन क्षेत्रमा रहेका साल प्रजातिको रुखको कटान मुछान, संकलन र ओसारपसार हाललाई रोक्का राख्दै राष्ट्रिय वनक्षेत्रबाट नियमानुसार कटान मुछान भैसककेका, वन क्षेत्रबाट घाटगद्दीसम्म ढुवानी भैसकेका वा ढुवानी हुन बाँकी साल बाहेकका विभिन्न जातका गोलिया काठमहरु मुछान गर्ने, घाटगद्दी गर्ने, ढुवानी र ओसारपसार तथा नियमानुसार समूहभित्र वा बाहिर बिक्रि वितरण गर्ने व्यवस्था मिलाउने ।’

निजी हक भोगको जग्गामा नियमानुसार कटान मुछान भएका साल बाहेकका काठ द ाउरा पनि नियमानुसार ढुवानी, विक्रि वितरण र ओसारपसार सुचारु गर्न पनि वन मन्त्रालयले प्रदेशका मातहत मन्त्रालयलाई निर्देशन दिएको छ ।

यसअघि वन पैदावरमा रोक लगाउने सरकारको निर्णयले विदेशी आयातलाई प्रोत्साहन गर्ने, स्वदेशी काष्ठ उद्योग धरासायी हुने, विदेशी आयात बढ्ने, वातावरण प्रदुषण फैलाउने आल्मुनियम र पीभीसीको आयात बढ्ने भन्दै वन पैदावर व्यवसायीहरुले असन्तुष्टि जनाएका थिए ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  १० : ४० बजे

शान्तिपूर्ण निर्वाचनका लागि अमेरिकाद्वारा बधाई

काठमाडौँ । नेपालमा प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकामा

नेपालमा निर्वाचन सम्पन्न भएकोमा भारतको स्वागत

काठमाडौं । नेपालमा सफलतापूर्वक आम निर्वाचन सम्पन्न भएकोमा भारतले स्वागत

मतदान सफलतापूर्वक सम्पन्न भएकामा गृहमन्त्रीद्वारा धन्यवाद

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान कार्य

निःस्वार्थ र निष्ठा राखेर काम गरे फत्ते हुन्छ : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले निःस्वास्र्थ र निष्ठा राखेर काम

बाँकेमा २ लाख २२ हजार ३६६ जनाले गरे मतदान, पुरुष भन्दा महिलाले गरे बढी मतदान

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा बाँके जिल्लामा ६३