१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

बागलुङको ८०० स्वाब पोखरामा, स्वाव रिपोर्ट नआउँदा क्वारेन्टिन भरिन थाले



बागलुङ । बागलुङका १० स्थानीय तहका विभिन्न क्वारेन्टिनमा भारतबाट आएका एक हजार ७०० बढी छन् । उनीहरुलाई स्थानीय तहले खानपान र व्यवस्थापन गरेर राखेको छ ।

अहिले स्वास्थ्य कार्यालय र धौलागिरि अस्पतालका साथै ढोरपाटन नगरपालिका र बरेङ गाउँपालिकाले आफै भिटिएम खरिद गरेर स्वाब सङ्कलन गरिरहेको छ । यद्यपि पोखरामा पिसिआर रिपोर्टमा ढिलाइ हुँदा क्वारेन्टिनमा बसेका थप जोखिम र सकसमा छन् भने स्थानीय सरकारले खानपान र व्यवस्थापन थेग्न पनि कठिनाई भएको गुनासो गरेका छन् ।

पोखरामा स्वाब परीक्षणका लागि पठाए पनि रिपोर्ट आउन ढिलाइ भएको स्वास्थ्य कार्यालयका प्रमखु सुरज गुरौँंले जानकारी दिएका छन् । “हामीले स्वाब सङ्कलन गरी पिसिआरका लागि पठाएका ८०० बढीको रिपोर्ट आउन बाँकी छ” गुरौले भने, “लामो समय क्वारेन्टिनमा हुँदा हामीलाई पनि थुप्रै गुनासा र समस्या आएका छन्, अब पिसिआर पठाएका बाहेक अरुलाई १४ दिन पुगेको र लक्षण नदेखिएको हकमा आरडिटी गरेर घर पठाइरहेका छौं ।”

गुरौका अनुसार, अझै ४०० बढीको पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गर्न नै बाँकी छ । पोखरा पिसिआरका लागि स्वाब पठाएकाहरुको हकमा भने १४ दिन पुगिसके पनि रिपोर्ट नआउँदै घर पठाउने कि नपठाउने भन्ने अन्यौल छ ।

यसका लागि छलफल चलिरहेको र चाडै निर्णयमा पुगिने गुरौले जानकारी दिए । अहिले जिल्लामा कूल सङ्क्रमितको सङ्ख्या ४० पुगेको छ । जसमा सुरुवाती दुई र पछिल्लो साता ६ जना गरेर ८ जना घर फर्किएका छन् ।

बाँकी धौलागिरि अस्पताल, धौलागिरि क्याम्पस र बूर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेन र प्रि आइसोलेसनमा उपचाररत छन् । रिपोर्ट ढिलो आउँदा सङ्क्रमण बढ्ने सम्भावना रहेको स्वास्थ्यकर्मी बताउछन् ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ३ : २९ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले