५ पुस २०८२, शनिबार | December 20, 2025

संविधान संशोधन विधेयकमा मतदान नगर्ने तीन सांसदलाई नेकपाले सोध्यो स्पष्टिकरण



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले संविधान संशोधन विधेयकमा मतदान नगर्ने सांसदहरूलाई स्पष्टिकरण सोधेको छ ।

नेकपा संसदीय दलले मतदानमा भाग नलिने तीन जना सांसदहरूलाई स्पष्टिकरण सोधेको हो ।

सांसदहरू हरिबोल गुजुरेल, धनबहादुर बुढा, शिवकुमार मण्डल र गोपाल बम मतदानको दिन अनुपस्थित रहेका थिए । यी मध्ये धनबहादुर बुढा, शिवकुमार मण्डल र गोपाल बमलाई नेकपा संसदीय दलका मृख्य सचेतक देव गुरुङले स्पष्टिकरणका लागि पत्र पठाएका छन् ।

तर, हरिबोल गजुरेल ट्वाइलेटमा लडेर घाइते भएको जानकारी संसदीय दललाई दिएपछि उनीमाथि भने स्पष्टिकरण सोधिएको छैन ।

यी सांसदहरुलाई प्रतिनिधिसभाको बैठकमा विना पूर्व सूचना अनुपस्थित भई संविधान संशोधनको मतदान प्रक्रियामा सहभागी नभएको भन्दै दलको विधानको, दफा ३० को उपदफा १ र २ अनुसार अनुपस्थित हुनुको कारण खुलाई पाँच दिनभित्र कार्यालयमै उपस्थित भै स्पष्टिकरण बुझाउन निर्देशन दिइएको नेकपा संसदीय दल स्रोतले जनाएको छ ।

नेकपा संसदीय दलका मुख्य सचेतक देव गुरूङले संविधान संशोधन विधेयकमा अनिवार्य मतदान गर्न ह्वीप जारी गरेका थिए ।

संविधान संशोधनको मतदानमा नेकपाका चार, काँग्रेसका चार, र जनता समाजवादी पार्टीका पाँच (जसमध्ये राजपाका तीन र समाजवादी पार्टीका दुई सांसद)ले मतदानमा भाग लिएका थिएनन् ।

समाजवादी पार्टीको तर्फबाट सांसद बनेकी सरिता गिरीले संविधान संशोधन विधेयकलाई नै चुनौती दिँदै पार्टी संसदीय दलको ह्वीप विपरित मतदान बहिस्कार गरेकी थिइन । सो पार्टीले पनि सांसद गिरीलाई कारवाही गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ८ : ४३ बजे

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य

रविको चेतावनी – ‘जेनजी विद्रोहलाई जिस्काउने वा चलाउने प्रयास नगर्नु’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने