१३ असार २०८३, शनिबार | June 27, 2026

संविधान संशोधन विधेयकमा मतदान नगर्ने तीन सांसदलाई नेकपाले सोध्यो स्पष्टिकरण



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले संविधान संशोधन विधेयकमा मतदान नगर्ने सांसदहरूलाई स्पष्टिकरण सोधेको छ ।

नेकपा संसदीय दलले मतदानमा भाग नलिने तीन जना सांसदहरूलाई स्पष्टिकरण सोधेको हो ।

सांसदहरू हरिबोल गुजुरेल, धनबहादुर बुढा, शिवकुमार मण्डल र गोपाल बम मतदानको दिन अनुपस्थित रहेका थिए । यी मध्ये धनबहादुर बुढा, शिवकुमार मण्डल र गोपाल बमलाई नेकपा संसदीय दलका मृख्य सचेतक देव गुरुङले स्पष्टिकरणका लागि पत्र पठाएका छन् ।

तर, हरिबोल गजुरेल ट्वाइलेटमा लडेर घाइते भएको जानकारी संसदीय दललाई दिएपछि उनीमाथि भने स्पष्टिकरण सोधिएको छैन ।

यी सांसदहरुलाई प्रतिनिधिसभाको बैठकमा विना पूर्व सूचना अनुपस्थित भई संविधान संशोधनको मतदान प्रक्रियामा सहभागी नभएको भन्दै दलको विधानको, दफा ३० को उपदफा १ र २ अनुसार अनुपस्थित हुनुको कारण खुलाई पाँच दिनभित्र कार्यालयमै उपस्थित भै स्पष्टिकरण बुझाउन निर्देशन दिइएको नेकपा संसदीय दल स्रोतले जनाएको छ ।

नेकपा संसदीय दलका मुख्य सचेतक देव गुरूङले संविधान संशोधन विधेयकमा अनिवार्य मतदान गर्न ह्वीप जारी गरेका थिए ।

संविधान संशोधनको मतदानमा नेकपाका चार, काँग्रेसका चार, र जनता समाजवादी पार्टीका पाँच (जसमध्ये राजपाका तीन र समाजवादी पार्टीका दुई सांसद)ले मतदानमा भाग लिएका थिएनन् ।

समाजवादी पार्टीको तर्फबाट सांसद बनेकी सरिता गिरीले संविधान संशोधन विधेयकलाई नै चुनौती दिँदै पार्टी संसदीय दलको ह्वीप विपरित मतदान बहिस्कार गरेकी थिइन । सो पार्टीले पनि सांसद गिरीलाई कारवाही गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ८ : ४३ बजे

काठमाडौंमा बर्डफ्लु बढ्दै : एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

ललितपुर । काठमाडौं उपत्यकामा पछिल्लो तीन महिनायता देखिएको बर्डफ्लु (एच-फाइभ

न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा

काठमाडौं । न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम विश्वकप फुटबलको नकआउट चरणमा

धार्मिक दिब्यधाममा कृषि विकास बैंकले गरिदियो खानेपानीको प्रबन्ध

खजुरा । कृषि विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बाँकेको

‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका-६ डाँगीमोडस्थित राप्ती राजमार्गमा

इराकमाथि ५-० को फराकिलो जित, सेनेगलको नकआउट सम्भावना जीवित

काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘आई’ को