५ पुस २०८२, शनिबार | December 20, 2025

सरिता गिरीको उदाहरण दिँदै सांसदहरूले भने,- विदेशीलाई सहजै नागरिकता दिन सकिँदैन



काठमाडौं । २ वर्षअघि आएको नेपाल नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि लामो समयपछि संसदीय समितिमा छलफल पुनः सुरु भएको छ ।

२०७५ साल साउन २२ गते प्रतितिधिसभामा दर्ता भएको विधेयकमा सोही वर्ष भदौ ५ गतेबाट समितिमा छलफलको क्रममा रहेको छ ।

राजनीतिक सहमति जुटाएर अगाडी बढ्ने भन्दै केही महिनाअघिबाट राज्य व्यवस्था समितिमा नागरिकता विधेयकमाथिको छलफल रोकिएको थियो ।

मंगलबारबाट छलफल पुनः सुरु भएको छ । समिति सभापति शशी श्रेष्ठले सहमति जुट्न नसकेका विषयहरु टुंगो लगाउने प्रयास स्वरुप मंगलबारबाट छलफल सुरु भएको हो । मंगलबार नै सभापतिले सहमति जुट्न बाँकी विषयहरु टुंगो लगाउने प्रयास गरेपनि सांसदहरुले अझै समय माग गरेका छन् ।

विधेयकमाथिको छलफलमा भाग लिँदै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका सांसद पम्फा भूसालले समानताको कुरा राष्ट्रियता भन्दा ठूलो नहुने जिकिर गरिन । विवादको विषय बनेको वैवाहिक अंगीकृत नागरिकता कति समयपछि दिने भन्ने विषयमा धारणा राख्दै भुषालले सांसद सरिता गिरीको उदाहरण दिँदै भनिन्, ‘सहजै ढंगले विदेशीलाई नागरिकता दिने कुरा अरु,अरु देशको कुरा उठाएर गर्न सकिँदैन । गर्न हुन्न नै । हामीलाई पछिल्लो परिघटनाले महिला उदार हुनुपर्छ भनने कुराको खण्डन गरेको छ । बुहारीप्रति उदार हुनुपर्छ भन्दा नहुने कुरा रहेछ । त्यो संख्या बहुमत भएको भए संविधान संशोधन के हुन्थ्यो होला ? हामीलाई झस्काएको छ । ’

तर, नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले सभापतिले दावि गरेजस्तो पछिल्लो समय आफुसँग कुनै छलफल नगरेको बताए । सभापति श्रेष्ठले १२ दिनदेखि निरन्तर छलफल गरिरहेको बताएपनि आफुसँग कुनै कुरा नभएको उनले दाबी गरे। सिंहले ९ महिनासम्म कुनै छलफल नै नहुनुको कारण सभापति की सांसदहरु भनेर समेत प्रश्न गरे ।

कांग्रेसकै अर्का सांसद दिलेन्द्र प्रसाद बडुले यति लामो समयसम्म रोकिने विषय छलफलका लागि एकदिन रोक्न किन नसकिने भन्दै प्रश्न गरे । सहमतिमा सबै विषय टुंग्याउनुपर्ने धारणा सबैको रहेको भन्दै उहाँले छलफलका लागि एक दिनको समय दिनुपर्ने बताए ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले खुला सीमाना यथावत रहँदासम्म नागरिकताको विषयमा निर्णय गर्न नहुने बताए । निर्णय गर्दा आफ्नो खुट्टामा आफै बञ्चरो हानेजस्तो हुने सुवालले बताए। आमा र बुवा दुबै बंशज नहुदाँसम्म बंशजको नागरिकता दिन नहुने पनि सुवालले जिकिर गरे ।

गृह मन्त्रालयले विधेयकमा समावेश गर्न यसअघि नै नेपाली नागरिकसँग विवाह गरेकी महिलाले नेपालमा लगातार स्थायी बसोबास भएको ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता पाउने प्रस्ताव पेश गरेको छ । त्यसका लागि विवाह दर्ता गरी स्थायी रुपमा बसोबास गरेको सम्बन्धित वडा कार्यालयको सिफारिस, आफुले विदेशी राष्ट्रियता जनाउने कुनै प्रमाणपत्र/नागरिकता नलिएको भए सोको प्रमाणपत्र र त्यस्तो प्रमाणपत्र/नागरिकता लिएको भए परित्या गर्ने कारवाही चलाएको प्रमाणसहित निवेदन दिनुपर्ने छ ।

अंगीकृत नागरिता नपाएसम्म आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नेपाली नागरिकता सरहको स्थायी आवासिय अनुमति पत्र दिन सकिने प्रस्ताव पनि मन्त्रालयले गरेको छ ।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  ८ : १७ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता