२६ असार २०८३, शुक्रबार | July 10, 2026

बाँकेमा मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएकी महिलामा कोरोना पुष्टि



नेपालगन्ज । बाँकेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । बैजनाथ गाउँपालिका ६ की ४६ वर्षिय महिलाको उपचारका क्रममा सोमबार साँझ साढे ६ बजे अस्पतालमा मृत्यु भएको थियो ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना रोग फोकल पर्सन नरेश श्रेष्ठले मृत्यु भएकी महिलामा कोरोना देखिएको पुष्टि गरे ।

‘कोहलपुर मेडिकल कलेजमा मृत्यु भएकी महिलामा कोरोना पोजेटिभ देखिएको छ’ उनले भने, ‘मंगलबार राती आठ बजेमात्र रिपोर्ट आएको थियो । शवको व्यवस्थापन बुधबार मात्र हुनेछ ।’

उनको सोमबार दिउँसो कोरोना परीक्षणको लागि स्वाब संकलन गरेर भेरी अस्पतालको प्रयोगशालामा पठाइएको थियो । अस्पतालमा मृतक महिला गत जेठ ३० गते भर्ना भएकी थिइन् ।

दायाँ फोक्सामा समस्या देखिएपछि महिला अस्पताल भर्ना भएको अस्पताल स्रोतले जानकारी दिएको छ । अस्पतालले मंगलबार राती सवा १० बजेसम्म कुनै आधिकारीक धारणा भने सार्वजनिक गरेको छैन ।

कोरोना संक्रमित महिलाको शवंलाई अहिले अस्पतालको शव गृहमा राखिएको छ ।

यसअघि बाँकेको नरैनापुरमा समेत २५ वर्षिय मृतक युवामा समेत कोरोना पुष्टि भएको थियो । यो सँगै बाँकेमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या दुई जना पुगिसकेको छ ।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  १० : ५२ बजे

जनतालाई डर वा भ्रममा राखेर सुशासन र समृद्धि हासिल हुँदैन : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले

कर्णाली नदीमा बेपत्ता मध्ये थप दुई जनाको शव फेला

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतरामा कर्णाली नदीमा

मौलाकालिका मन्दिर : पूजाआजासँगै शारीरिक व्यायाम गर्ने भक्तजनको घुइँचो

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१ मा अवस्थित ऐतिहासिक धार्मिकस्थल मौलाकालिका

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमित

बागलुङ । बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ ।