१२ असार २०८३, शुक्रबार | June 27, 2026

स्पेनिस ला लिगामा बार्सिलोनाको लगातार दोस्रो जित



काठमाडौं । कोरोना भाइरसको महामारीपछि पुनः सुरु भएको स्पेनिस ला लिगामा बार्सिलोनाले लगातार दोस्रो जित दर्ता गरेको छ । लिग अन्तर्गत मंगलबार राति भएको खेलमा बार्सिलोनाले लेगानेशलाई २–० ले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका लागि आन्सु फाती र लियोनल मेस्सीले गोल गरे । १७ वर्षका फातीले ४२ औँ मिनेटमा गोल गर्दै बार्सिलोनालाई सुरुवाति अग्रता दिलाए । उनले यो सिजन ला लिगामा पाँचौँ गोल गरेका हुन् । गिनी–बिसाउका किशोर फातीले उत्कृष्ट फिनिसिङ्ग मार्फत गोल गरेका हुन् ।

६९ औँ मिनेटमा बार्सिलोनाले पेनाल्टी पायो । त्यसमा मेस्सीले गोल गरेपछि बार्सिलोना २–० ले विजयी भयो । जितपछि बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडसँगको अंक दूरी पाँच कायम गरेको छ । बार्सिलोनाको २९ खेलबाट ६४ अंक भएको छ । एक खेल कम खेलेको रियल मड्रिडको ५९ अंक छ ।

मंगलबार राति नै भएका खेलमा भिल्लारियलले मालोर्कालाई १–० ले हरायो भने गेटाफे र स्पानियोलले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  ६ : ५१ बजे

एक हात गुमाएकी जमुना जलजलाकी सर्वोत्कृष्ट उद्यमी

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–४

नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ

झापा । झापामा नवजात शिशुको हत्या तथा आफ्नै छोरीमाथि हाडनाता

रास्वपा महाधिवेशन : पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले लिए शपथ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट महिला उपसभापतिमा

बुटवलमा ‘मेट्रो आई केयर लुम्बिनी’ सञ्चालनमा, आधुनिक प्रविधिबाट आँखा उपचार सेवा सुरु

बुटवल । आधुनिक प्रविधिबाट आँखा सम्बन्धी सम्पूर्ण उपचार प्रदान गर्ने

तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३