५ पुस २०८२, शनिबार | December 20, 2025

हास्यव्यङ्ग्य विधालाई पनि आचारसंहिताले बाँध्नुपर्यो



काठमाडौं । पछिल्लो समयमा सामाजिक सम्प्रदाय भड्काउने बहानामा विभिन्न हास्यव्यङ्ग्यका कार्यक्रम आइरहेको भन्दै टेलिभिजन तथा रेडियोमा हुने हास्यव्यङ्ग्य कार्यक्रमसम्बन्धी आचारसंहिता बनाएर कार्यान्वयन गर्नुपर्ने माग गरिएको छ ।

वल्र्ड कम्युनिकेटर काउन्सिल (डब्लुसिसी), नेपाल च्याप्टरले यहाँ आज आयोजना गरेको अन्तत्र्रिmयामा सरोकारवालाले हास्यव्यङ्ग्य क्षेत्रलाई व्यवस्थित गर्न पत्रकारिताको आचारसहिंताको दायरामा ल्याउनुपर्ने वा त्यहीसम्बन्धी आचारसंहिता बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका हुन् ।

रेडियो तथा टेलिभिजनमा हुने विभिन्न हास्यव्यङ्ग्यात्मक कार्यक्रमबारे विभिन्न समुदायबाट बेलाबेलामा विरोध हुन थालेपछि सरोकारवालाले सो विषयमा आचारसंहिता बनाउनुपर्ने धारणा राखेका हुन् ।

प्रदेश नं २ का प्रमुख न्यायाधिवक्ता दीपेन्द्र झाले हास्यव्यङ्ग्य भन्दै पुस्तादेखि पुस्तासम्म विभिन्न भाषा र समुदायलाई प्रभाव पार्ने काम गरिरहेको टिप्पणी गरे ।

प्रेस काउन्सिल नेपालकी सदस्य सङ्गीता खड्काले व्यङ्ग्यात्मक कार्यक्रमले गर्दा सीमित व्यक्तिलाई रमाइलो गर्ला तर बढी मात्रामा सम्बन्धित समाजलाई ठोस पु-याउने गरेको बताए।

मानन्धरले हास्यव्यङ्ग्य कार्यक्रममा मधेशी र काठमाडौँको नेवारी समुदायलाई होच्याएर देखाउने गरेको टिप्पणी गरे ।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  ८ : २७ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता