७ कार्तिक २०८३, शनिबार | October 24, 2026

३५ क्विन्टल बेवारिसे छोकडा बरामद



कैलैया । भन्सार चोरी निकासी गर्न लागेको छोकडा प्रहरीले बरामद गरेका छन् ।

जिल्ला बारा विश्रामपुर गाउँपालिका­ ४ बलिरामपुर टोलको बाटो हुँदै नेपालबाट भारततर्फ चोरी निकासीका लागि छोकडा तस्करले थुपारी राखेको भन्ने प्राप्त सूचनाका आधारमा आज बिहान बरामद गरेको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले विश्रामपुर गाउँपालिका-­४ बलिरामपुर टोलस्थित दशगजा क्षेत्र नजिकै सुरेन्द्र साहको घर छेउमा आइपुग्दा भारततर्फ चोरी निकासीका लागि तस्करले थुपारी राखेको रु पाँच लाख २५ हजार बराबरको ४० बोरामा अन्दाजी ३५ क्विन्टल छोकडा रहेको प्रहरीको भनाइ रहेको छ ।

तस्करले प्रहरी टोलीलाई देखी भागी फरार भएकामा उक्त छोकडा बेवारिसे अवस्थामा बरामद गरी आवश्यक कारवाहीका लागि मूल भन्सार कार्यालय वीरगञ्ज पर्सामा पठाइएका प्रवक्ता मिश्रले बताउनुभयो ।

प्रकाशित मिति : ४ असार २०७७, बिहिबार  ६ : ३७ बजे

राप्ती प्रादेशिक अस्पतालमा ‘ सिटीस्क्यान’ बिग्रिएको दुईवर्षमा पनि गरिएन मर्मत

दाङ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष

नेपाल-भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन । कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर

नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान आजदेखि

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आजदेखि दुईमहिने जागरण अभियान

औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की । पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने

असोजमा मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्यु

बागमती । मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना