२३ श्रावण २०८३, शनिबार | August 8, 2026

३५ क्विन्टल बेवारिसे छोकडा बरामद



कैलैया । भन्सार चोरी निकासी गर्न लागेको छोकडा प्रहरीले बरामद गरेका छन् ।

जिल्ला बारा विश्रामपुर गाउँपालिका­ ४ बलिरामपुर टोलको बाटो हुँदै नेपालबाट भारततर्फ चोरी निकासीका लागि छोकडा तस्करले थुपारी राखेको भन्ने प्राप्त सूचनाका आधारमा आज बिहान बरामद गरेको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले विश्रामपुर गाउँपालिका-­४ बलिरामपुर टोलस्थित दशगजा क्षेत्र नजिकै सुरेन्द्र साहको घर छेउमा आइपुग्दा भारततर्फ चोरी निकासीका लागि तस्करले थुपारी राखेको रु पाँच लाख २५ हजार बराबरको ४० बोरामा अन्दाजी ३५ क्विन्टल छोकडा रहेको प्रहरीको भनाइ रहेको छ ।

तस्करले प्रहरी टोलीलाई देखी भागी फरार भएकामा उक्त छोकडा बेवारिसे अवस्थामा बरामद गरी आवश्यक कारवाहीका लागि मूल भन्सार कार्यालय वीरगञ्ज पर्सामा पठाइएका प्रवक्ता मिश्रले बताउनुभयो ।

प्रकाशित मिति : ४ असार २०७७, बिहिबार  ६ : ३७ बजे

अतुल्य पर्वत, पवित्र सरोवर र आस्थाको संगम : कैलाश-मानसरोवरको दिव्य यात्रा

हिमाललाई केवल ढुंगा र हिउँको थुप्रो मात्र बुझियो भने त्यो

देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौं । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न

सिँढीबाट लडेर युवकको मृत्यु

महेन्द्रनगर । भीमदत्त नगरपालिका-६ ऐठपुरमा शुक्रबार राति घरको सिँढीबाट लडेर

माङसेबुङका ११ विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य

इलाम । जिल्लाको माङसेबुङ गाउँपालिकाले ११ वटा सामुदायिक विद्यालयमा लिम्बू

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट