१० असार २०८३, बुधबार | June 25, 2026

ओहो ! २४ घण्टामा ६७१ जनामा संक्रमण, हालसम्म ७,८४८ जना संक्रमित



काठमाडौैं । कोरोना भाइरसका संक्रमित २४ घण्टामा झन धेरै थपिएका छन् ।

२४ घण्टामा ६७१ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये ८० जना महिला र ५९१ जना पुरुष रहेका छन् ।

विराटनगरस्थित प्रादेशिक प्रयोगशालामा गरिउको परीक्षणमा झापाका २ जना र मोरङका १ जना गरी ३ जनामा संक्रमण देखिएको छ ।

सबैभन्दा धेरै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा अछामका ४२ जना, बैतडीका २५ जना, बाजुराका ४१ जना भक्तपुरका ३ जना, डडेलधुराका ८४ जना, कैलालीका २१ जना कपिलवूतुका १६ जना, काठमाडौंका २ जना, नुवाकोटका २ जना, रौतहटका ३४ जना, रुपन्देहीका २ जना सिन्धुपाल्चोकका १, ललितपुरका १, नवलपरासीका १ र महोत्तरीका १ जना गरी २७६ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी, शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा सिन्धुलीका १ जनामा संक्रमण देखिएको छ ।

यस्तै, भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणबाट पवर्तका ५ जना र चितवनका १ जना नवलपरासीका १ जनामा गरी ७ जनामा संक्रमण देखिएको छ ।

यसैगरी, रुपन्देहीस्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणबाट गुल्मीका ३ जना, कपिलवस्तुका १ जना, पाल्पाका ६ जना, रुपन्देहीका ९ जना, रोल्पाका १ जना र नवलपरासीका १ जना र रुपन्देहीका ९७ जना गरी ११८ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी भेरी अस्पतालको प्रयोगशालाबाट बाँकेका ३ जना, बर्दियाका ३ जना, कैलालीका १ जना र दैलेखका १ जना गरी ८ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालाबाट दाङका ४ जनामा संक्रमण देखिएको छ भने सेती अस्पताल धनढीको प्रयोगशालाबाट अछामका २ जना, बझाङका २ जना, कञ्चनपुरका २ जना, कैलालीका २० जना र डोटीका ५ जना गरी ३१ जनामा संक्रमण पुष्टि भएको छ ।

हालसम्म संक्रमितको संख्या ६१९ महिला र ७ हजार २२९ पुरुषसहित ७ हजार ८४८ जनामा संक्रमण देखिएको छ ।

गत २४ घण्टामा २ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ ।

प्रकाशित मिति : ४ असार २०७७, बिहिबार  ४ : ३१ बजे

गैरकानूनीरूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ

काठमाडौँ । चन्द्रागिरी नगरपालिका वडा नं ८ मा सञ्चालित स्पार्क

गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले गैरकानुनी रुपमा नेपालमा बसेका २४ बङ्गलादेशी

रास्वपाको महाधिवेशन : नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को चितवनको भरतपुरमा जारी प्रथम राष्ट्रिय

रास्वपाको महाधिवेशन निर्वाचन तालिका संशोधन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन

बुटवलको मुख्य औषधी बजारबाटै नक्कली औषधीको कारोबार

बुटवल। बुटवलको मुख्य व्यापारिक क्षेत्रमा नै नक्कली औषधीको अवैध कारोबार