२४ मंसिर २०८०, आइतबार | December 10, 2023

स्पेनिस ला लिगा : बार्सिलोनामाथि रियल मड्रिडको दबाब



काठमाडौं । स्पेनिस ला लिगा फुटबलको उपाधि होडमा रियल मड्रिडको दाबी बलियो नै कायम छ ।

लिग अन्तर्गत बिहीबार राति भएको खेलमा रियल मड्रिडले भ्यालेन्सियालाई ३-० ले पराजित गरेर बार्सिलोनामाथिको दबाब कायम राखेको हो ।

घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडका लागि करिम बेन्जिमाले दुई तथा एसेन्सिओले एक गोल गरे । बेन्जिमाले ६१ र ८६ औँ मिनेटमा गोल गरेका हुन् । यस्तै एसेन्सिओले ७४ औँ मिनेटमा गोल गरे ।

८९ औँ मिनेटमा ली सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि भ्यालेन्सिया १० खेलाडीमा सीमित भयो।

बेन्जिमाले रियल मड्रिडका लागि सबै प्रतियोगितामा गरेर २४३ गोल गर्दै क्लबको सर्वाधिक गोलकर्ताको सूचिमा पाँचौँ स्थानमा आएका छन् ।

जितपछि दोस्रो स्थानको रियल मड्रिडको २९ खेलबाट ६२ अंक भएको छ । शीर्ष स्थानको बार्सिलोनाको समान खेलबाट दुई अंक बढी रहेको छ ।

ला लिगा अन्तर्गत बिहीबार राति नै भएको अर्को खेलमा एलाभेसले रियल सोसिडाडलाई २-० ले पराजित गरेको छ ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  ७ : १० बजे

ध्रुवे हात्तीलाई रेडियोकलर जडान गरिँदै

चितवन । चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ध्रुवेलाई रेडियो कलर

निर्माण सामग्रीको अभावमा राहुघाट जलविद्युत् आयोजनाको काम प्रभावित

बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट

यू-१९ एशिया कप : अफगानिस्तानले नेपाललाई दियो २६२ रनको लक्ष्य

काठमाडौं । एसीसी यू-१९ एशिया कप अन्तर्गतको खेलमा अफगानिस्तानले नेपाललाई

उपप्रधानमन्त्री खड्का स्वदेश फिर्ता

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का घानाको आक्रामा आयोजित

डुङ्गा चढेर रमाउँछन् रारा पुगेका पर्यटक

मुगु । नेपालको सबैभन्दा ठूलो र गहिरो ताल रारामा पर्यटक