२९ मंसिर २०८२, सोमबार | December 15, 2025

हिमाली जिल्लामा आर्थिक वर्षको महिना परिवर्तन गर्न माग, असार मसान्त अव्यावहारिक हुने



पोखरा । हिमाली क्षेत्रमा असार महिनामा धमाधम बिकास निर्माणको काम हुने भन्दै त्यस्ता जिल्लाहरुमा असार मसान्तलाई आर्थिक वर्षको सुरुवात अब्यवहारीक हुने हिमाली जिल्लाका सांसदहरुले बताएकाछन् । उनीहरुले असार मसान्त हिमाली जिल्लाका लागि बिकासको काम गर्ने बेला भएकाले आर्थिक वर्ष कार्तिक मसान्त बनाउन समेत माग गरेका छन् ।

गण्डकी प्रदेशसभामा प्रदेश सरकारका आर्थिक मामिला मन्त्री किरण गुरुङले प्रस्तुत गरेका बजेटमाथि छलफल गर्दै मुस्ताङबाट निर्वाचित प्रदेशसभा सदस्य ईन्द्रधारा विष्टले हिमाली क्षेत्रमा आर्थिक वर्ष कार्तिक मसान्त लाई बनाईनुपर्ने बताए । सांसद विष्टले हिमाली क्षेत्रमा आर्थिक वर्षको सुरु र अन्त्य असार मसान्तमा नभै कार्तिक मसान्तमा हुनुपर्नेमा जोड दिए ।

सदनमा वोल्दै विष्टले हिमाली जिल्लामा हिउदको कार्तिक देखि फागुनको चार महिनामा भारि हिमपात हुने भएकोले बिकास निर्माणको कामसँगै दैनिक जीवनयापन समेत ठप्प हुने बताए । हिउँदमा भारी हिमपातका कारण जनजीवन ठप्प हुने र असार महिनामा बल्ल कामहरु भईरहने भयकाले असार मसान्तमा काम पूरा हुन नसक्ने उल्लेख गरे ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  ६ : ४० बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले