२२ फाल्गुन २०८२, शुक्रबार | March 6, 2026

जङगी अड्डामा पृतना सम्मेलन शुरु



 

काठमाडौं । मुलुकको सुरक्षा अवस्था र कोभिड–१९ बाट उत्पन्न परिस्थितिसहित समसामयिक विषयमा छलफल गरी भाबी रणनीति तय गर्ने उद्देश्यले सैनिक मुख्यालय जङ्गीअड्डामा शुक्रबारदेखि पृतनापति सम्मेलन शुरु भएको छ ।

सम्मेलनमा उपत्यका बाहिरका सात र उपत्यका पृतनाले आ–आफ्नो कार्यक्षेत्रको शान्ति सुरक्षा र चुनौतीलगायतका विषयमा पृतनापतिबाट विश्लेषणात्मक प्रस्तुती हुनेछ ।

सम्मेलनमा खासगरी राष्ट्रिय सुरक्षा अवस्था, कोभिड–१९ को जिम्मेवारीको समीक्षाका साथै सहजीकार्यमा देखिएका कठिनाइ, संविधानले दिएको जिम्मेवारी बहन गर्दा लाग्ने गरेका लञ्छना र नेत्रविक्रम चन्द समूहका क्रियाकलापलगायतका विषयमा केन्द्रित रहेर छलफल भइरहेको प्रवक्ता विज्ञानदेव पाण्डेले बताए ।

सम्मेलनमा पृतनाका अतिरिक्त महानिर्देशनालय र विभागका तर्फबाट समेत कार्य जिम्मेवारी र भाबी योजनाबारे प्रस्तुती हुनेछ । सेनाको पृतनाको नेतृत्व उपरथी तहबाट हुँदैआएको छ ।

मुलुकको प्रमुख सुरक्षा अङ्गका रुपमा रहेको सेनाले कोभिड–१९ को जोखिम, नियन्त्रण र प्रतिकार्यमा प्रमुख जिम्मेवारीका साथ काम गर्दै आएको छ ।

सेनाले प्रत्येक छ/छ महिनामा पृतना सम्मेलन गर्दैआएको छ । यो सम्मेलन आइतबार सकिनेछ । सेनाको व्यवस्थापनमा विदेशबाट औषधिलगायतका सामग्री खरिद गरिनुका साथै क्वारेन्टिन व्यवस्थापन र स्वदेश फर्केका नागरिकलाई जिल्ला सदरमुकामसम्म पु-याउने कार्य भइरहेको छ ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  ८ : ३७ बजे

रुपन्देही-२ मा रास्वपाका सुलभ खरेलको फराकिलो अग्रता

बुटवल । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत रुपन्देही निर्वाचन क्षेत्र

काठमाडौं–६ मा रास्वपाका शिशिर खनालको २० हजारभन्दा बढी मत

काठमाडौं । काठमाडौं प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ६ मा

रुपन्देही-१ मा रास्वपाका उम्मेदवार सुनिल लम्सालको फराकिलो अग्रता

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रुपन्देही निर्वाचन क्षेत्र नम्बर

कैलालीका दुई क्षेत्रमा नेकपा, एक-एक क्षेत्रमा कांग्रेस र रास्वपाको अग्रता

कैलाली । प्रतिनिधिसभा सदस्यको जारी मतगणनाका क्रममा कैलाली निर्वाचन क्षेत्र

रुपन्देही-२ मा अग्रता बढाउदै रास्वपा उम्मेदवार सुलभ खरेल

बुटवल । रूपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा जारी प्रतिनिधिसभा