४ पुस २०८२, शुक्रबार | December 19, 2025

जङगी अड्डामा पृतना सम्मेलन शुरु



 

काठमाडौं । मुलुकको सुरक्षा अवस्था र कोभिड–१९ बाट उत्पन्न परिस्थितिसहित समसामयिक विषयमा छलफल गरी भाबी रणनीति तय गर्ने उद्देश्यले सैनिक मुख्यालय जङ्गीअड्डामा शुक्रबारदेखि पृतनापति सम्मेलन शुरु भएको छ ।

सम्मेलनमा उपत्यका बाहिरका सात र उपत्यका पृतनाले आ–आफ्नो कार्यक्षेत्रको शान्ति सुरक्षा र चुनौतीलगायतका विषयमा पृतनापतिबाट विश्लेषणात्मक प्रस्तुती हुनेछ ।

सम्मेलनमा खासगरी राष्ट्रिय सुरक्षा अवस्था, कोभिड–१९ को जिम्मेवारीको समीक्षाका साथै सहजीकार्यमा देखिएका कठिनाइ, संविधानले दिएको जिम्मेवारी बहन गर्दा लाग्ने गरेका लञ्छना र नेत्रविक्रम चन्द समूहका क्रियाकलापलगायतका विषयमा केन्द्रित रहेर छलफल भइरहेको प्रवक्ता विज्ञानदेव पाण्डेले बताए ।

सम्मेलनमा पृतनाका अतिरिक्त महानिर्देशनालय र विभागका तर्फबाट समेत कार्य जिम्मेवारी र भाबी योजनाबारे प्रस्तुती हुनेछ । सेनाको पृतनाको नेतृत्व उपरथी तहबाट हुँदैआएको छ ।

मुलुकको प्रमुख सुरक्षा अङ्गका रुपमा रहेको सेनाले कोभिड–१९ को जोखिम, नियन्त्रण र प्रतिकार्यमा प्रमुख जिम्मेवारीका साथ काम गर्दै आएको छ ।

सेनाले प्रत्येक छ/छ महिनामा पृतना सम्मेलन गर्दैआएको छ । यो सम्मेलन आइतबार सकिनेछ । सेनाको व्यवस्थापनमा विदेशबाट औषधिलगायतका सामग्री खरिद गरिनुका साथै क्वारेन्टिन व्यवस्थापन र स्वदेश फर्केका नागरिकलाई जिल्ला सदरमुकामसम्म पु-याउने कार्य भइरहेको छ ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  ८ : ३७ बजे

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह