२२ फाल्गुन २०८२, शुक्रबार | March 6, 2026

आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव, धेरैजसो क्षेत्रमा वर्षा हुने



काठमाडौं । आज प्रदेश १ देखि कर्णाली प्रदेशसम्म मनसुनी वायु र सुदुर पश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव कायम रहेको छ ।

भारतको पूर्वी उत्तर प्रदेशको भू–भागमा न्युन चापीय प्रणालीको समेत विकास भएको छ । जसअनुसार हाल देशभर आँशिक देखि सामान्य बदली रही गण्डकी प्रदेश, प्रदेश ५ र सुदुर पश्चिम प्रदेशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ ।

गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका अधिकांश स्थानहरु र बाँकी प्रदेशका केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राती सुदुरपश्चिम, कर्णाली र प्रदेश ५ मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पुर्ण बदली रहने महाशाखाले जनाएको छ ।

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरुका साथै कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यसैगरी प्रदेश ५, गण्डकी प्रदेश, वागमती प्रदेश र प्रदेश १ का एक, दुई स्थानमा भारी वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  ७ : १३ बजे

नेकपा संयोजक प्रचण्ड भारी मतान्तरका साथ निर्वाचित

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल

दाङ-२ : रास्वपाका आचार्यलाई पछ्याउँदै एमालेका पोख्रेल

दाङ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङ निर्वाचन क्षेत्र नं २

रूपन्देही-२ मा रास्वपाका सुलभ खरेलको फराकिलो अग्रता

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रूपन्देही निर्वाचन क्षेत्र नम्बर

लमजुङमा पृथ्वीसुब्बा गुरुङ अग्रस्थानमा, रास्वपाका केसी नजिकै

काठमाडौं । लमजुङमा प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा नेकपा (एमाले)का

झापा-५ मा बालेन शाहको फराकिलो अग्रता, ओलीभन्दा ९ हजारभन्दा बढी मतले अगाडि

झापा । झापा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ५ मा जारी