४ पुस २०८२, शुक्रबार | December 20, 2025

सानिमा बैंकले सुरु गर्यो अपाङ्गमैत्री वेवसाइट



काठमाडौं । सानिमा बैंकले नेपालकै बैंकिङ क्षेत्रमा अपाङ्गमैत्री वेवसाइट सुरु गरेको छ ।

वेभसाइट राम्रोसँग देख्न नसक्ने, श्रवणशक्ति कम भएका तथा कम्प्यूटर प्रयोग गर्न गाहृो हुने व्यक्तिहरुको लागि यो वेवसाइट उपयोगी हुने बैंकले जनाएको छ । वेभसाइटको प्रयोगले अपाङ्गता भएका व्यक्तिहरुलाई पनि सजिलै वित्तीय जानकारी तथा पहुँच प्रदान गर्ने विश्वास बैंकले लिएको छ ।

अन्य व्यक्तिहरु जस्तै वृद्धवृद्धा तथा नयाँ प्रयोगकर्ताहरुलाई पनि अनलाईनबाट आफ्नो बैंकको सेवा सम्बन्धी जानकारी तथा बैंकिङ्ग पहुँच पु-याउने प्रयास गरेको बैंकले विज्ञप्तिमार्फत जनाएको छ ।

अपाङ्गमैत्री सेवा प्रयोग गर्नका लागि बैंकको वेभसाइट  https://www.sanimabank.com/df  मा गई दायाँ कुनामा रहेको disability friendly icon click गरी आवश्यक accessibility widget menu मा गई आफूलाई चाहिएको सुविधा अनुसारको अपसन बटनमा क्लिक गरी वेभसाइटको प्रयोग गर्नुपर्छ । यो सेवा हाल अंग्रेजीमा मात्र उपलब्ध छ ।

अन्य अपाङ्गता मैत्रीे सेवासुविधाहरु थपविस्तार र परिमार्जन गर्दै ग्राहकको आवश्यकता सहज रुपमा पूरा गर्ने बैंकले लक्ष्य लिएको जनाएको छ ।

सानिमा बैंकले सातै प्रदेशबाट७९ शाखा, ७ वटा विस्तारित काउन्टर तथा ८१ एटिएममार्फत् सेवाप्रदानगर्दै आइरहेको छ ।

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  ५ : १२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको