४ पुस २०८२, शुक्रबार | December 19, 2025

नागरिकता विधेयकको विरोधमा जनकपुरमा जल्यो प्रधानमन्त्रीको पुत्ला



जनकपुर । नेपाली पुरूषसँग विवाह गर्ने विदेशी महिलाले विवाह गरेको ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने निर्णयप्रति मधेशमा असन्तुष्टि बढिरहेको छ ।

निर्णयको विरोधमा सोमबार साँझ जनकपुरमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन भएको छ ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले नागरिकता विधेयक अघि बढाउन सहमति दिएपछि संसदको राज्यव्यवस्था तथा सुशासन समितिले विधेयकलाई बहुमतले पारित गरेको थियो ।

जनता समाजवादी पार्टी निकट महिला र युवाले स्थानीय भानु चोकमा प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हुन् । त्यसक्रममा उनीहरूले प्रधानमन्त्री ओली र नेकपाको विरोधमा चर्को नारावाजी पनि गरेका थिए । पुत्ला जलाइसकेपछि प्रहरीले पुगेको थियो ।

भारतसँगको रोटीबेटीको सम्बन्धमा दरार उत्पन्न गरेको उनीहरूको आरोप थियो ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  ८ : ३५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको