२५ कार्तिक २०८२, मंगलबार | November 11, 2025

भाडामा बस्ने व्यवसायीले गरे घरभाडा मिनाहा कार्यान्वयन गराउन सरकारसंग माग



भैरहवा । घरबहालमा बसेर व्यवसाय गर्ने व्यवसायीहरुले घरभाडा, व्यवसायिक कर, घरबहालकरमा छुटको माग गरेकाछन् ।
नेपाल घरबहाल सरोकार संघ सिद्धार्थनगर नगरसमितिले सरोकारवाला संघ संस्था, प्रतिनिधीहरुसँग गरेको छलफलमा सहभागि उनीहरुले विश्वव्यापी कोभिड–१९ महामारी जस्तो विषम परिस्थीतीलाई मध्यनजर गर्दै ५० प्रतिशत सम्म घर भाडा छुटको माग गरेका छन् ।

घर बहालमा बस्नेको हकहितमा आवाज उठाउदै आएको संघले जारी लकडाउनबाट उत्पन्न व्यवसायिक अस्तव्यस्तताका कारण अधिकांस व्यापार व्यवसाय धरापमा परेको र केही बन्द समेत हुन पुगेकोले सो समस्या निराकरणका लागि संयुक्त व्यवसायिक संघ सस्थाहरुबीच छलफल र सुझाव लिएको नेपाल घर बहाल सरोकार संघ सिद्धार्थनगरका अध्यक्ष नारायण कुवरले बताए ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, उद्योग व्यापार संगठन, लुम्बिनी निर्माण व्यवसायीसंघ, सुनचादी व्यवसायी संघ, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ, व्युटी पार्लर संघ लगायतका दर्जन बढि व्यवासायीक संघसस्थाका प्रतिनिधीहरु बीच भएको छलफलबाट उठेका सुझावलाई विज्ञप्ती मार्फत स्थानीय तह र जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण गराइने संघका जिल्ला अध्यक्ष खगेन्द्र पौडेलले बताए ।

घरबहाल संघले ६ महिनाको घरबहाल कर मिनाहा गर्न, बहाल बृद्धि र संरक्षण, बैक व्याज ३ महिनाको लागि मिनाहा, रेडजोनमा परेका व्यवसायिक क्षेत्रलाई स्वास्थ्य सुरक्षालाई अवलम्बलन गरी सुरक्षित तबरले सञ्चालन गर्न प्रस्ताव गरेको छ ।
छलफलमा उपस्थित व्यवसायिक प्रतिनिधीहरुले एकबद्धता जनाउदै व्यवसाय आक्रान्त भएको उचित आर्थिक प्याकेज ल्याउनु पर्ने, छुट दिएका र नदिएका बीच अन्तरक्रिया गराई राहत स्वरुप मागहरुको सम्बोधन गर्नु पर्ने, व्यवसायिक क्षेत्रलाई अहिलेको संकटबाट बचाउन थप सहुलियतपूर्ण ऋण, व्याज र दस्तुर मिनाहा लगायतको आर्थिक प्याकेजको व्यवस्थाका लागि सुझाव राखेका थिए । उनीहरुले कोरोनाका कारण बिहान बेलुका छाक टार्न धाउधाउ हुनेहरु, जीविकोपार्जन गर्दै आएका मजदुर तथा श्रमिकलाई पूर्ण रुपमा घरभाडा छुटको कार्यान्वयन अनिवार्य गर्न आवश्यक रहेको औल्याए ।

घरबहाल संघका केन्द्रिय निवर्तमान अध्यक्ष शंकर कोइरालाले बहाल संरक्षक ऐन स्थानीय तहले लागु गर्नु पर्ने बताए । ५० प्रतिशत घरभाडा छुट गर्न स्थानीय सरकारलाई आग्रह गर्दै आएको बताउदै कोइरालाले भाडाकै कारण बन्द भएको र बन्द हुने अवस्थामा पुगेका प्रतिष्ठानलाई पुनर्रस्थापना र निरन्तरताका लागि पहल गरिने, घरभाडा छुट दिएकालाई सम्मान र अभिनन्दन गर्ने, घर र घरवेटीको आपसी अन्योलतालाई चिर्न एक आपसमा सहजीकरण गर्न संघ लागेको बताए ।

कसैलाई मर्का नपर्ने गरी वार्ताको माध्यमबाट मागहरु सम्बोधन गर्न संघ देशव्यापी रुपमा अघि बढेको भए पनि अन्तिम समय सम्म सम्बोधन र कार्यान्वयन नभए घरबहाल संघ सडकमा जान पनि तयार रहेको आयोजक सस्थाले जनाएका छन ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  ९ : ५१ बजे

कुलमान घिसिङको नाम जोडिएको ‘उज्यालो नेपाल पार्टी’ ले बुझायो अद्यावधिक विवरण

काठमाडौँ । ऊर्जामन्त्री कुलमान घिसिङको समर्थन रहेको भनिएको ‘उज्यालो नेपाल

अर्घाखाँची सिमेन्टलाई अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ । सर्वोच्च अदालतले डेडिकेटेड तथा ट्रंकलाइन महसुल विवादमा अर्घाखाँची

गोरुसिङ्गे–सन्धिखर्क सडक दैनिक छ घण्टा बन्द हुने

अर्घाखाँची । सडक मर्मत तथा स्तरोन्नतिको लागि गोरुसिङ्गे सन्धिखर्क सडक

‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ मा सहभागी हुन सञ्चारमन्त्री खरेल कोरिया प्रस्थान

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल गणतन्त्र कोरियाको

आइएमई लिमिटेडको २५ औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौ। आइएमई लिमिटेडले २०८२ कात्तिक २५ गते मंगलबार, काठमाण्डौंमा २५