२३ श्रावण २०८३, शनिबार | August 8, 2026

देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित



काठमाडौं । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् ।

प्रहरी प्रधानकार्यालयले आज बिहान ७ः०० बजेसम्म अवरुद्ध रहेका सडकको विवरणअनुसार तेह्रथुमको मध्यपहाडी लोकमार्ग, सिन्धुपाल्चोकको अरनिको राजमार्ग, इलामको मेची राजमार्ग, रसुवाको त्रिशूली-मैलुङ-स्याफ्रुबेंसी सडक, मुगुको नाग्म-गमगढी सडक, रुकुम पश्चिमको भेरी करिडोर र सोलुखुम्बुको सल्लेरी-लुक्ला सडकखण्डमा यातायात सेवा प्रभावित भएको छ ।

काभ्रेपलाञ्चोक-सिन्धुली जोड्ने बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी सडकखण्डमा बेलुका ६ः०० देखि बिहान ४ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । बिहान ४ः०० देखि बेलुका ६ः०० बजेसम्म भने सवारी सञ्चालन हुने व्यवस्था मिलाइएको छ ।

यसैगरी, कान्ति लोकपथमा पनि वर्षायामका कारण बेलुका ५ः०० देखि बिहान ५ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका-९ राजदुवालीमा वर्षाका कारण सडक हिलाम्मे भएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त क्षेत्रमा वैकल्पिक मार्ग भने सञ्चालनमा छ ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत जिरोकिलो, कोदारी र लिपिङ क्षेत्रमा पहिरो र सडक भासिएपछि अरनिको राजमार्गका विभिन्न खण्ड पूर्ण रूपमा अवरुद्ध छन् ।

लामासाँघु–रामेछाप सडकखण्डको दोलखाको तामाकोशी गाउँपालिका-५ किर्नेटारमा सामाकोशी खोलाले सडक कटान गरेपछि यातायात अवरुद्ध भएको छ । यद्यपि खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थाको कार्यालय परिसर हुँदै वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको छ ।

यसैगरी, सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-१ निलदोर्जे पर्यटक सडकखण्डअन्तर्गत सल्लेरी-लुक्ला सडक र तेह्रथुमको लालीगुराँस नगरपालिका-९ काडे पिङवाखोला नजिक मध्यपहाडी लोकमार्ग पहिरोले अवरुद्ध भएको छ ।

प्रहरीले वर्षायाममा पहिरो, बाढी र सडक कटानको जोखिम कायमै रहेकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडक अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८३, शनिबार  ८ : १८ बजे

प्रधानमन्त्रीको एकपछि अर्को स्टाटस : नियत सफा र जिम्मेवारीप्रति इमान्दार भए सुधार सम्भव

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले वर्षौंदेखि बन्द तथा घाटामा रहेका

अतुल्य पर्वत, पवित्र सरोवर र आस्थाको संगम : कैलाश-मानसरोवरको दिव्य यात्रा

हिमाललाई केवल ढुंगा र हिउँको थुप्रो मात्र बुझियो भने त्यो

देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौं । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न

सिँढीबाट लडेर युवकको मृत्यु

महेन्द्रनगर । भीमदत्त नगरपालिका-६ ऐठपुरमा शुक्रबार राति घरको सिँढीबाट लडेर

माङसेबुङका ११ विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य

इलाम । जिल्लाको माङसेबुङ गाउँपालिकाले ११ वटा सामुदायिक विद्यालयमा लिम्बू