५ पुस २०८२, शनिबार | December 20, 2025

कोरोना सन्त्रास रहुन्जेल आइतबार पनि बिदा दिउँ : सांसद प्रधान



काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले कोरोना भाइरसको सन्त्रास रहुन्जेल हप्तामा ५ दिन मात्र कार्यालय संचालन गर्न माग गरेका छन् ।

सांसद प्रधानले मंगलबार प्रतिनिधिसभाको बैठकको शुन्य समयमा बोल्दै कोरोना सन्त्रास रहुन्जेल आइतबार समेत बिदा दिएर हप्तामा ५ दिन कार्यालय संचालन गर्न माग गरेका हुन् । उनले भने, ‘कोरोनाको प्रभाव रहेसम्म शनिबार र आइतबार विदा दिने व्यवस्था गरौं ।’

प्रधानले सडकमा जोरविरोध प्रणाली लागु गरेपनि जाम भैरहेको जिकिर गर्दै सामाजिक दूरी कायम गर्न कार्यालय संचालनको दिन घटाउनुपर्ने माग गरे ।

काठमाडौंमा मात्रै १५ लाख सवारी साधन रहेको भन्दै उनले यस अवधिमा विद्युतीय सवारी साधन चलाउन दिनुपर्ने बताए ।

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  २ : ०१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको