५ पुस २०८२, शनिबार | December 20, 2025

नेपालका कम्युनिष्टलाई चिनियाँ कम्युनिष्ट नेताले प्रशिक्षण दिएकोमा काँग्रेसको आपत्ति



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुले नेपालका कम्युनिष्ट नेताहरुलाई प्रशिक्षण दिएको भन्दै आपत्ति जनाएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद डा. मिनेन्द्र रिजालले चिनियाँ कम्युनिष्ठ नेताले सत्तारुढ दल नेकपालाई वैचारिक राजनीतिक प्रशिक्षण दिएकोमा गम्भीर आपत्ती जनाएका हुन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकको शुन्य समयमा बोल्दै काँग्रेस सांसद डा. रिजालले विगतमा छिमेकी राष्ट्रसंगको विशिष्ठ र कुटनीतिक सम्बन्धमा संवेदनशील हुन नसक्दा दुवै तर्फका नेता र दलहरु आलोचित हुन पुगेको भन्दै सत्तारुढ दलको ध्यानाकर्षण गराए । पछिल्लो समय चिनियाँ कम्युनिष्ट नेताहरु नेपालका सत्तारुढ दललाई प्रशिक्षण दिने र आन्तरिक झगडा मिलाउने काममा संलग्न हुनु “अपाच्य”रहेको भन्दै त्यस तर्फ गम्भीर बन्न नेकपालाई सुझाव दिए ।

उनले भने, “छिमेकी राष्ट्र भारत र चीनसँग हाम्रो सम्बन्ध विशिष्ठ रहेको छ । हाम्रो र छिमेकका राष्ट्रहरुबीचको कुटनीतिक सम्बन्धको संवेदनशीलता र जनताहरुबीचको सौहार्दताको सिमा परवाह नगरेकाले दक्षिणको छिमेक र नेपाल दुवै तिरका दल र नेताहरु विगतमा आलोचित रहे । उत्तरी छिमेकको दलले नेपालमा सत्तारुढ दललाई आन्तरिक प्रशिक्षण दिने र आन्तरिक झगडा र सत्ता सन्तुलन मिलाउनेमा लाग्ने काम उत्तिकै अपाच्य छ । यसमा सत्तारुढ दलको ध्यान जाओस् ।”

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ३ : ४३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको