१ पुस २०८२, मंगलबार | December 16, 2025

नेकपा स्थायी समिति बैठक बस्ला ? आशंकामा स्थायी समिति सदस्यहरु



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच लामो भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार झण्डै साढे ३ घण्टा भएको भेटवार्तामा पार्टीको भोलिदेखि सुरु हुने स्थायी कमिटी बैठकका एजेण्डामा छलफल भएको छ ।

बुधबार देखि सुरु हुने बैठकमा एमसिसी, सीमा विवाद, कोरोना भाइरसविरुद्धको अभियान र सरकार तथा पार्टी नेतृत्वको कार्यशैलीका विषयमा छलफल गर्नेगरी अध्यक्षद्वयबीच छलफल भएको बताईएको छ । अध्यक्ष द्वयको नियमित भेटघाट अन्तर्गन नै आज भेट भएको र अन्य दिन भन्दा अलि लामो भेटवार्ता भएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सुर्य थापाले बताए । उनले खबरकुरासंग कुरा गर्दै भने ‘प्राय हरेक दिन अध्यक्ष द्वयको भेटघाट हुन्छ, र आज पनि नियमित भेटघाटकै क्रममा भेट भएको हो’ । उनले समसामायीक घटना क्रमका बिषयमा दुई अध्यक्ष बिच छलफल भएको जानकारी दिंदै भोलिबाट सुरुहुने स्थायी समिति बैठक, एमसीसी, पार्टी एकतालाई टुङ्गोमा पु¥याउने जस्ता बिषयमा छलफल केन्द्रित रहेको बताए ।

वैशाख ८ गते पार्टी विभाजन सम्बन्धी अध्यादेश जारी भएपछि सुरु भएको नेकपा विवाद साम्य भएको छैन । आईतबार मात्र सचिवालयको नामबाट उपाध्यक्ष बामदेव गौतमले आफु अध्यक्षको साथमा नरहेको बिषय सार्वजानिक गराएपछि नेकपाको स्थायी समिति बैठक अझै पेचिलो बनेको छ ।

नेकपा स्थायी समिती सदस्य बेदुराम भुसालले बैठक हुने कुरामा आशाबादी भएपछि पुरै बिश्वास गर्न नसकिने बताए । ‘पार्टीमा अन्तिम समयमा बैठक स्थगित हुने गरेको छ, त्यसैले पक्कापक्की भन्न सकिन्न’ । उनले भने । भुसालले केन्द्रिय कमिटीले गठन गरेको एमसीसी कार्यदलको प्रतिबेदन स्थायी समितीमा आउने कुरामा आफुले बिश्वास लिएको बताउंदै प्रतिबेदन नआएपनि बैठकमा एमसीसीले प्रवेश पाउने जानकारी दिए । ‘बैठकको एजेण्डा बैठकले नै तय गर्छ’ । उनले भने ।

अर्का स्थायी समिति सदस्य युवराज ज्ञवाली भने लामो समय पार्टीको बैठक नबसेकाले बैठक बस्ने कुरामा ढुक्क रहेको बताए । उनले अध्यक्ष द्वयले एजेण्डा तय गर्ने र आवश्यक परे स्थायी समितिले एजेण्डा थप्न सक्ने स्पष्ट पारे । उनले स्थायी समितीले सरकारको समिक्षा, पार्टी एकिकरणको समिक्षा तथा पार्टी केन्द्रिय कमिटीले गरेको निर्णय कार्यान्वयन सम्बन्धमा छलफल हुने जानकारी दिए । एमसीसी, कोरोना जस्ता बिषयमा छलफल हुने र एमसीसीका बिषयमा पार्टीले टुङ्गो लगाउनै पर्ने ज्ञवालीले बताए ।

पार्टीको स्थायी समिति बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले कोरोनाविरुद्धको अभियानमा मात्र छलफल गर्ने चाहना राखेका छन् भने पूर्वप्रधानमन्त्रीसमेत रहेका अर्का कार्यकारी अध्यक्ष प्रचण्डसहित बुहसंख्यक नेताहरु समग्र विषयमा छलफल गर्नुपर्ने पक्षमा रहेका छन् । आज एजेण्डामा सहमति नभएका कारण भोलि बिहान दुई अध्यक्ष पुन: छलफल गर्ने सहमति भएको छ । सहमति नभए बैठक स्थगित हुन पनि सक्ने भन्ने स्रोतले जनाएको छ ।

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ९ : ०४ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष