११ असार २०८३, बिहिबार | June 25, 2026

स्पेनिस ला लिगा : बार्सिलोना फर्कियो शीर्षस्थानमा, मेस्सीको पर्खाई भने कायमै



काठमाडौं । स्पेनिस ला लिगाको उपाधि होडमा रियल मड्रिडको कडा चुनौती सामना गरिरहेको बार्सिलोना पुनः शीर्ष स्थानमा फर्किएको छ ।

लिग अन्तर्गत मंगलबार राति भएको खेलमा जित निकाल्दै बार्सिलोना शीर्ष स्थानमा पुगेको हो ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले १–० को जित निकालेको हो । उसका लागि ७१ औँ मिनेटमा इभान रेकिटिकले गरेको गोल नै निर्णायक बन्यो । उनले यो सिजन ला लिगामा पहिलो गोल गरेका हुन् । रेकिटिकले ला लिगामा हालसम्म ५० गोल गरेका छन् ।

बुधबार ३४ वर्ष लाग्दै गरेका मेस्सीले खेल जीवनको ७०० औँ गोल गर्न कम्तिमा अर्को खेल फर्किनु पर्ने भएको छ । उनले अहिलेसम्म क्लब र राष्ट्रिय टिमबाट गरी ६९९ गोल गरेका छन् ।

ला लिगा अन्तर्गत मंगलबार राति नै भएका अरु खेलमा एथ्लेटिको मड्रिडले लेभान्टेलाई १–० ले पराजित गर्दा रियल भालाडोलिड र गेटाफेले १–१ को बराबरी खेलेका छन् ।

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ६ : ३४ बजे

देशभरका २६ लाख किसानको सूचीकरण सम्पन्न

काठमाडौँ । किसान सूचीकरण प्रणालीमा अहिलेसम्म देशभरका २६ लाख किसान

सैन्य अभ्यासका क्रममा एक जना सैनिक जवानको मृत्यु

कैलाली । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका क्रममा

नेप्से परिसूचक आठ अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज

स्थायी व्यवस्थापनको माग गर्दै सुकुम्बासीको चेतावनी, ‘होल्डिङ सेन्टरबाट हटाए पुरानै बासस्थान फर्किन्छौं’

काठमाडौं । होल्डिङ सेन्टरमा राखिएका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले

तरकारी उत्पादनमा दोब्बरले वृद्धि

मलेखु । आधुनिक कृषि प्रविधिको बढ्दो प्रयोग र प्राविधिक ज्ञानको