२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

नेकपा स्थायी कमिटी बैठक जारी, विवादास्पद ‘एमसीसी’ बैठकको चौंथो एजेण्डा



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच एजेण्डामा विषयमा सहमति भएसँगै स्थायी कमिटी बैठक सुरु भएको छ ।

दुई अध्यक्षबीच सहमति भएसँगै प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी कमिटी बैठक सुरु भएको हो ।

अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्प एमसीसीबारे तिब्र स्थायी कमिटी बैठकमा छलफल हुनेभएको छ ।

बैठकको सुरुमा दुवै अध्यक्षले समसामयिक विषयमा मन्तव्य राख्नेछन् । त्यसपछि सरकारको काम कारवाही बारे समीक्षा हुनेभएको छ । सरकारले कोरोना भाइरस नियन्त्रणका लागि गरेको प्रयास र उपचारका सम्बन्धमा छलफल हुनेछ भने सीमा समस्याका विषयमा पनि छलफल हुने एजेण्डा तय भएको छ ।

त्यसपछि पार्टी एकताको बाँकी रहेको कामको विषयमा छलफल हुनेछ ।

स्थायी कमिटीको चौंथो एजेण्डाको रुपमा एमसीसीलाई राखिएको छ । स्थायी कमिटी सदस्यहरुको मुख्य ध्यान यसपटक अन्य एजेण्डामा भन्दा एमसीसीमै केन्द्रित हुने बुझिएको छ ।

नेकपाभित्र एमसीसी जस्ताको तस्तै पास गर्नुपर्छ भन्ने प्रधानमन्त्री ओली पक्षधरको मान्यता रहेको छ भने एमसीसी पासै गर्नुहुन्न या संशोधनसहित पास गर्नुपर्छ भन्ने धारको नेतृत्व अध्यक्ष प्रचण्ड, माधकुमार नेपाल झलनाथ खनालहरुले गरिरहेका छन् ।

दुवै गुटका स्थायी कमिटी सदस्यहरुले एकले अर्कोको कमजोरी माथि प्रहार गर्दै आफ्नो विषयलाई राख्ने तयारी गरेका छन् ।
बैठकको अन्तिम एजेण्डामा विविध विषयलाई समेटिएको छ ।

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ११ : ५६ बजे

रुपन्देही-२ बाट रास्वपाका सुलभ खरेल भारी मतका साथ विजयी, धन्यवाद र्‍याली गर्ने तयारी

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रुपन्देही निर्वाचन क्षेत्र नम्बर

पर्वतमा रास्वपा उम्मेदवार भुसाल विजयी

पर्वत । पर्वतमा प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएको छ । आज

सर्लाहीका चार वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निक्कै अगाडि

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा सर्लाहीका चार वटै

झापा-५ मा बालेन शाहको फराकिलो अग्रता, केपी ओली २५ हजारभन्दा बढी मतले पछि

झापा । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत झापा निर्वाचन क्षेत्र नम्बर

चितवन-२ मा रास्वपा सभापति लामिछाने विजयी

चितवन । चितवन क्षेत्र नं २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका