२९ आश्विन २०८३, बिहिबार | October 15, 2026

१२० परिसुचक पुरा गर्दै शहिद नारायण पोखरेल रामापुर क्याम्पसले पायो क्यूएए



सैनामैना । रुपन्देहीको सैनामैना वडा नं. ६ मा रहेको शहिद नारायण पोखरेल रामापुर क्याम्पसले गुणस्तर प्रत्यायन प्रमाणपत्र (क्यू.ए.ए.) प्राप्त गरेको छ ।

क्याम्पसले विश्व विद्यालय अनुदान आयोगले तय गरेका मापदण्ड पुरा गर्दै क्युएए प्राप्त गरेको बुधबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ । क्याम्पस प्रमुख यदुलाल पन्थले शैक्षिक गुणस्तरको बृद्धि गर्दै क्याम्पसको विकासको लागि उच्च शिक्षा सुधार परियोजना मार्फत विभिन्न मापदण्ड पुरा गर्दै क्याम्पसले क्युएए प्राप्ती गरेको जानकारी दिनुभयो ।

क्याम्पसले ८ वटा विषय क्षेत्रका १२० परिसूचकहरु पुरा गर्दै क्यूएए प्राप्त गरेको उँहाले बताउँनुभयो । क्यू.ए.ए प्राप्तीले गर्दा क्याम्पसको शैक्षिक तथा भौंतिक विकासको लागि अनुदान प्राप्त हुने भएको छ । क्याम्पसको भौंतिक निर्माणको लागि ३ करोडसम्मको अनुदान प्राप्त हुने भएको छ ।

क्याम्पसले अब प्राविधिक विषय थप गदैै ब्यवस्थापन संकायमा स्नातकोत्तर तह थप गर्ने भएको छ । यस्तै प्रध्यापक कर्मचारीहरुलाई थप अध्ययन र अनुसन्धानको लागि प्रोत्साहित गरी गुणस्तर अभिृबद्धिमा जोड दिने क्याम्पस प्रमुख पन्थले जानकारी दिनुभयो ।

क्याम्पसले छोटो समयमा नै क्युएए प्राप्ती गरेको शहिद नारायण पोखरेल रामापुर क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष डिल्लिराज ज्ञवालीले जानकारी दिनुभयो । क्यूएए प्राप्तीको प्रक्रिया ५ वर्षमा पुरा गर्द्र क्याम्पसले छोटो समयमा नै क्यूएए प्राप्त गर्न सफल भएको उँँहाले दाबी गर्नुभयो । छोटो समयमा नै क्यूएए पाप्तीको सफलताले क्याम्पसको शैक्षिण गुणस्तर, भौंतिक विकास र समुदायसँगको सम्बन्धले प्रमाणित गरेको दाबी गर्नुभयो ।

क्यूएएको अवधि ५ वर्षको हुने उँहाले बताउँदै विश्व विद्यालय अनुदान आयोगले दिएको मापदण्डलाई क्याम्सले सधैं राखिरहेने जनाउँनुभयो ।
यस्तै क्याम्सले आगामी १० वर्ष गुरुयोजना समेत पत्रकार सम्मेलनमा सार्वजनिक गरेको छ । क्याम्पसले शैक्षिक भवन निर्माणदेखि सभाहल, आवस भवन, पुस्तकालय, कम्पाउण्ड वाल, आन्तरिक सडक, खानेपानी, चौर ब्यवस्थापन, पार्किङ्ग, क्यारिज, पार्क निर्माणको लागि ३२ करोड लागतको गुरुयोजना तयार गरेको छ ।

कार्यक्रममा क्यूएए कोर्डिनेटर विष्णु अर्यालले क्यूएए प्राप्तीको लागि क्याम्पसले पुरा गरेको प्रक्रियाको बारेमा जानकारी दिनु भएको थियो भने क्याम्पसका प्रशासन अधिकृत मदन थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

क्याम्पसमा हाल स्नातक र स्नातकोत्तर तह गरि ९ सय ११ विद्यार्थी रहेका छन । रुपन्देही जिल्लामा ५ वटा क्याम्पसले क्यूएएको मान्यता पाएका छन ।

प्रकाशित मिति : १० असार २०७७, बुधबार  १२ : २६ बजे

आज नवरात्रको पाँचौँ दिन, स्कन्दमाताको पूजा आराधना गरिँदै

काठमाडौं । बडादसैँअन्तर्गत नवरात्रको आज पाँचौँ दिन नवदुर्गामध्येकी पाँचौँ देवी

बाँके जिल्ला स्तरिय फुटबल प्रतियोगिता : ब्रोदर्स र अप्सरा विजयी

नेपालगन्ज । बाँकेको खजुरामा जारी जिल्ला स्तरिय फुटबल प्रतियोगितामा बुधबार

सांसद खगेन्द्र सुनारले गरे अडियो प्रकरणमा जोडिएकी महिलाको बचाउ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले हालै

‘अव्यवस्थित पार्किङ, जिर्ण सडक र अस्वस्थ प्रतिस्पर्धाका कारण सवारी दुर्घटना बढ्यो’

नेपालगन्ज । अनुशासीत र मर्यादित भएर यातायात ब्यवसाय गर्न सके

लोककल्याणकारी विज्ञापनमा ठूलो बेरुजु : सांसद थारु

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य ठाकुर सिंह थारुले लोककल्याणकारी विज्ञापनमा ठूलो