२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

१२० परिसुचक पुरा गर्दै शहिद नारायण पोखरेल रामापुर क्याम्पसले पायो क्यूएए



सैनामैना । रुपन्देहीको सैनामैना वडा नं. ६ मा रहेको शहिद नारायण पोखरेल रामापुर क्याम्पसले गुणस्तर प्रत्यायन प्रमाणपत्र (क्यू.ए.ए.) प्राप्त गरेको छ ।

क्याम्पसले विश्व विद्यालय अनुदान आयोगले तय गरेका मापदण्ड पुरा गर्दै क्युएए प्राप्त गरेको बुधबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ । क्याम्पस प्रमुख यदुलाल पन्थले शैक्षिक गुणस्तरको बृद्धि गर्दै क्याम्पसको विकासको लागि उच्च शिक्षा सुधार परियोजना मार्फत विभिन्न मापदण्ड पुरा गर्दै क्याम्पसले क्युएए प्राप्ती गरेको जानकारी दिनुभयो ।

क्याम्पसले ८ वटा विषय क्षेत्रका १२० परिसूचकहरु पुरा गर्दै क्यूएए प्राप्त गरेको उँहाले बताउँनुभयो । क्यू.ए.ए प्राप्तीले गर्दा क्याम्पसको शैक्षिक तथा भौंतिक विकासको लागि अनुदान प्राप्त हुने भएको छ । क्याम्पसको भौंतिक निर्माणको लागि ३ करोडसम्मको अनुदान प्राप्त हुने भएको छ ।

क्याम्पसले अब प्राविधिक विषय थप गदैै ब्यवस्थापन संकायमा स्नातकोत्तर तह थप गर्ने भएको छ । यस्तै प्रध्यापक कर्मचारीहरुलाई थप अध्ययन र अनुसन्धानको लागि प्रोत्साहित गरी गुणस्तर अभिृबद्धिमा जोड दिने क्याम्पस प्रमुख पन्थले जानकारी दिनुभयो ।

क्याम्पसले छोटो समयमा नै क्युएए प्राप्ती गरेको शहिद नारायण पोखरेल रामापुर क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष डिल्लिराज ज्ञवालीले जानकारी दिनुभयो । क्यूएए प्राप्तीको प्रक्रिया ५ वर्षमा पुरा गर्द्र क्याम्पसले छोटो समयमा नै क्यूएए प्राप्त गर्न सफल भएको उँँहाले दाबी गर्नुभयो । छोटो समयमा नै क्यूएए पाप्तीको सफलताले क्याम्पसको शैक्षिण गुणस्तर, भौंतिक विकास र समुदायसँगको सम्बन्धले प्रमाणित गरेको दाबी गर्नुभयो ।

क्यूएएको अवधि ५ वर्षको हुने उँहाले बताउँदै विश्व विद्यालय अनुदान आयोगले दिएको मापदण्डलाई क्याम्सले सधैं राखिरहेने जनाउँनुभयो ।
यस्तै क्याम्सले आगामी १० वर्ष गुरुयोजना समेत पत्रकार सम्मेलनमा सार्वजनिक गरेको छ । क्याम्पसले शैक्षिक भवन निर्माणदेखि सभाहल, आवस भवन, पुस्तकालय, कम्पाउण्ड वाल, आन्तरिक सडक, खानेपानी, चौर ब्यवस्थापन, पार्किङ्ग, क्यारिज, पार्क निर्माणको लागि ३२ करोड लागतको गुरुयोजना तयार गरेको छ ।

कार्यक्रममा क्यूएए कोर्डिनेटर विष्णु अर्यालले क्यूएए प्राप्तीको लागि क्याम्पसले पुरा गरेको प्रक्रियाको बारेमा जानकारी दिनु भएको थियो भने क्याम्पसका प्रशासन अधिकृत मदन थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

क्याम्पसमा हाल स्नातक र स्नातकोत्तर तह गरि ९ सय ११ विद्यार्थी रहेका छन । रुपन्देही जिल्लामा ५ वटा क्याम्पसले क्यूएएको मान्यता पाएका छन ।

प्रकाशित मिति : १० असार २०७७, बुधबार  १२ : २६ बजे

चितवन, गोरखा र उदयपुरमा भारी वर्षा

काठमाडौँ । मौसम बदली भएसँगै आज दिउँसो चितवन, गोरखा र

ग्लोबल आइएमई बैंकद्वारा ‘नन् रेसिडेन्ट र ओभरसिज बैंकिङ्ग विभाग’को शुभारम्भ

काठमाडौं । ग्लोबल आइएमई बैंकले विदेशमा बसोबास गरिरहेका नेपालीहरुका लागि

पश्चिम एशियाको युद्धले भारतीय रेस्टुरेन्टमा ग्यास सङ्कट

बेङ्गलुरु । पश्चिम एशियामा चर्किएको युद्धको प्रभाव भारतसम्म पुगेको छ

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन भइरहेको छ : गभर्नर पौडेल

वीरगन्ज । नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेलले राष्ट्र

आयल निगमको सूचनापछि ग्यासको अनावश्यक भण्डारण बढ्यो, ग्यास डिपोमा ग्राहकको घुँइचो

नेपालगन्ज । नेपाल आयल निगमले मध्यपूर्वको तनावको कारण देखाउँदै पेट्रोलियम