२३ श्रावण २०८३, शनिबार | August 8, 2026

गुल्मी मालिकाको बजेट ४७ करोड ६९ लाख : आर्थिक बिकास बिपद् ब्याबस्थापन ,कृषि पशुपालनमा प्राथमिकता



गुल्मी । गुल्मी जिल्ला मालिका गाउँपालिकले आगमि आर्थिक बर्ष २०७७। ०७८ को लागि ४७ करोड ६९ लाख बजेट बिनियोजन गरेको छ । गाउँपालिका उपाध्यक्ष देवा अर्याल रिजालले ४७ करोड ६९ लाख १७ हजार ५ सय रुपैयाँको बजेट गाउँसभामा पेश गरेकी छिन् ।

मालिका गाउँपालिकाले यस बर्ष आर्थिक बिकास,बिपत् ब्याबस्थापन ,कृषि ,पशुपालन,रोजगारि ,बिकाश पुर्वाधार निर्माण ,खरका छाना बिस्थापित ,एक घर एक धारा जस्ता बिषयलाई प्राथमिकतामा राखिएको उपाध्यक्ष रिजालले बताईन् । गाउँपालिकाले चालु तर्फ ७ करोड ४६ लाख ८७ हजार ५ सय पुजिँगत तर्फ १३ करोड ६३ लाख ८० हजार बिनियोजन गरेको छ ।

आगमि बर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य ,शिक्षा,कृषि ,पर्यटन,खानेपानी ,युवालाई रोजगार ,बिद्युत ,अपाङ्ग,बालबालिका तथा महिला लगाएतका बिभिन्न क्षेत्रको बिकाशलाई जोड दिदैँ निति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो ।

चालु आवमा कोभिड–१९ का कारण सम्पन्न हुन नसकेका योजनाहरुको कार्यान्वयन ,बजेटका मुख्य प्राथमिकताहरु अनिवार्य दायित्व, बहुवर्षीय क्रमागत योजना, , ममर्त सम्भार कोष, पूर्वाधार विकास, पूँजिगत भैपरी, प्रकोप शैक्षिक विकासजस्ता विभिन्न कोषहरु समेटिएको छ ।

बजेटका केहि नयाँ पक्ष :
गाउँपालिकाले युवाहरुको उद्यमशिलतालाई प्रबद्र्धनका लागि ३ करोड भन्दा बढि बिना ब्याजको रकमको सहकारीसंग साझदारी गर्ने र ब्याजको रुपमा २४ लाख छुट्याएको छ ।

यातयातमा गाउँपालिका का नागरिकलाई सहजता दिनको लागि गाउँपालिकाले निजि क्षेत्र संगको साझेदारी गर्नेको लागि १० लाख छुट्याएको छ ।

शिक्षाको गुणस्तरमा बृद्धि गर्नेको लागि शिक्षकले क्याम्पसमा पढे बापत क्याम्पसमा साझेदारी गर्नेको लागि २ लाख रुपैँया बिनियोजन गरेको छ ।

सामाजिक क्षेत्रमा सबै कामलाई श्रममुलक बनाउनको लागि गाउँपालिकाका कम्तिमा १५ सय नागरिकलाई रोजगारि दिने भएको छ ।

महिला ,अपाङ्ग बालबालिका लाई रोजगार सेवा केन्द्र, निर्माण टोल सुधार समिति लगाएतका क्षेत्रमा पहल गरेको छ ।

प्रकाशित मिति : ११ असार २०७७, बिहिबार  १० : १८ बजे

एनपिएलको आगामी सिजन हरमितको कप्तानीमा खेल्दै जनकपुर बोल्ट्स

काठमाडौं । अमेरिकी अलराउन्डर हरमित सिंहले आगामी सिजनको नेपाल प्रिमियर

प्रधानमन्त्रीको एकपछि अर्को स्टाटस : नियत सफा र जिम्मेवारीप्रति इमान्दार भए सुधार सम्भव

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले वर्षौंदेखि बन्द तथा घाटामा रहेका

अतुल्य पर्वत, पवित्र सरोवर र आस्थाको संगम : कैलाश-मानसरोवरको दिव्य यात्रा

हिमाललाई केवल ढुंगा र हिउँको थुप्रो मात्र बुझियो भने त्यो

देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौं । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न

सिँढीबाट लडेर युवकको मृत्यु

महेन्द्रनगर । भीमदत्त नगरपालिका-६ ऐठपुरमा शुक्रबार राति घरको सिँढीबाट लडेर