९ चैत्र २०७९, बिहिबार | March 23, 2023

परराष्ट्र मन्त्रालय बोल्यो : चीनसँग कुनै सीमा विवाद छैन



काठमाडौं । सरकारले चीनसँग कुनै सीमा विवाद नभएको प्रष्ट पारेको छ ।

परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ती जारी गर्दै चीनसँग नेपालको सीमा विवाद नभएको स्पष्ट पारेको हो । कृषि मन्त्रालयको नाममा तीन वर्ष अघि प्रकाशित एक रिपोर्टका आधारमा चीनले नेपालको सीमा मिचेको समाचार प्रकाशित भएको थियो ।

गत नोभेम्बरमा भारतले नयाँ नक्शा जारी गरेपछि नेपालमा विरोध प्रदर्शन हुन थालेपछि कृषि मन्त्रालयको लेटर प्याडमा प्रकाशित नेपाल-चीन सीमा सम्बन्धी रिपोर्ट अचानक प्रकाशित भएको थियो । यसपटक सरकाले भारतले अतिक्रमण गरेको नेपाली भूमिलाई समेटेर नयाँ नक्शा जारी गरेपछि पनि पुनः केही संचार माध्यममा सोही रिपोर्टका आधारमा समाचार प्रकाशित भएको थियो ।

तर, परराष्ट्र मन्त्रालयले कृषि मन्त्रालयले त्यस्तो प्रतिवेदन अस्तित्वमा नभएको प्रष्ट पारेको जनाएको छ । सीमा अध्ययन गर्ने काम कृषि मन्त्रालयको क्षेत्राधिकार भित्र नपर्ने पनि परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले हराएको भनिएको ३७ र ३८ नं. सीमा स्तम्भ नराखिएको पनि प्रष्ट पारेको छ । प्राकृतिक कारणले दुई देशबीचकै सहमतिमा ती स्तम्भ नराखिएको परराष्ट्रको भनाइ छ ।

नेपाल र चीनबीच सने १९६१ अक्टोबर ५ भएको सीमा सम्झौताले निर्धारण गरेबमोजिम सीमा निर्धारण गरिएको जनाउँदै मन्त्रालयले
सीमा सम्बन्धी केही समस्या देखिए दुई देशबीचको समझदारीमा समाधान गरिने स्पष्ट पारेको छ ।

मन्त्रालयले संचार माध्यममा संवेदनशील कुराहरु प्रकाशन प्रसारण गर्नुअघि एकपटक प्रमाणिकरण गर्न पनि आग्रह गरेको छ ।

प्रकाशित मिति : ११ असार २०७७, बिहिबार  ५ : ४७ बजे

मधेश प्रदेशमा भाटभटेनीको सेवा बिस्तार, खुल्यो विरगञ्जमा २४ औं स्टोर

बुटवल । मुलुककै ठूलो चेन सुपरस्टोर सञ्चालन गरिरहेको भाटभटेनीको २४

भारतीय गायक सोनु निगमको घरवाट ७२ लाख चोरी

मुम्बई । भारतीय गायक सोनु निगमको घरवाट ७२ लाख चोरी

आँधीखोलामा ‘हप्तामा दुई घण्टा’ अभियान

पोखरा । धार्मिक एवं ऐतिहासिक महत्वको आँधीखोलाको संरक्षण तथा सरसफाइ

मन्त्रिपरिषद् विस्तार र राजनीतिक नियुक्ति प्याकेजमै

काठमाडौं । सत्तारूढ गठबन्धन आबद्ध मुख्य चार दलले मन्त्रिपरिषद्लाई पूर्णता

पहिरो नियन्त्रण

त्रिशूली । ‘गल्छी-रसुवागढी’ सडक योजनाको कार्यालय नुवाकोटमार्फत बिस्तार भइरहेको अन्तराष्ट्रिय