१६ भदौ २०८३, मंगलबार | September 1, 2026

आकाशमा सलह किरा देखिएपछि प्रदेश ५ विपद व्यवस्थापन समिति बैठक



बुटवल । आकाश भरी सलह किराको आतंक देखिएपछि प्रदेश ५ सरकारको विपद व्यवस्थापन समितिको आकस्मिक बैठक बसेको छ ।

संघीय कृषि मन्त्रालयले नेपालमा सलह किरा प्रवेश गर्ने सम्भावना टरेको आंकलन गरेपछि ढुक्क भएर बसेको प्रदेश ५ कृषि मन्त्रालय, एक्कासी आकासभरी सलह किरा देखिएपछि विपद व्यवस्थापन समितिलाई गुहार्न पुगेको छ ।

प्रदेश ५ सरकारको विपद व्यवस्थापन समितिको आकस्मिक बैठकले किरा नियन्त्रणका लागि बिशेष कार्यक्रम तय गरेको प्रदेश कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव तेजबहादुर सुवेदीले जानकारी दिए ।

सुवेदीका अनुसार सलह किरा बसेको स्थानमा क्षति पुग्ने भएकाले किरा बसेको स्थानबाट किरा संकलन गर्ने किसानलाई प्रतिकिलो २० रुपैयाँका दरले भुक्तानी दिने निर्णय भएको छ । किरा बसेको स्थानमा बिषादी छरेर किरा मार्ने विधि समेत अपनाउन समितिले किसानहरुलाई आह्वान गरेको छ ।

किरा नियन्त्रण गर्न स्थानीयतहलाई अधिकतम परिचालन गर्ने निर्णय गर्दै किरा संकलन गर्ने किसानले स्थानीय वडा कार्यालयमा बुझाएर भुक्तानी लिन सक्ने व्यवस्था मिलाईएको प्रदेश ५ कृषि भुमि व्यवस्था तथा सहकारी मन्त्री आरती पौडेलले बताईन् ।

विज्ञहरुका अनुसार एक पटक फैलिएको सहल किराको झुण्डले बास बसेको स्थानमा ३५ हजार मानिसले खाने बराबरको बाली नोक्सान गर्न सक्दछ ।

आज प्रदेश राजधानी बुटवल र यस आसपास देखिएको सलह किरा उत्तरतर्फ बढेकाले गुल्मी, पाल्पा लगायतका जिल्लाहरुमा किसानहरुलाई सजग रहन कृषि मन्त्री पौडेलले आग्रह गरिन ।

सलह किरा बारा, पर्सामा पनि धेरै देखिएको छ । नेपालभित्र एक्कासी सलह किरा देखिएपछि संघीय सरकार पनि गम्भीर बनेको छ ।

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  ७ : ०६ बजे

बाढीग्रस्त क्षेत्रमा खर्च गर्नेगरी एक अर्ब रुपैयाँ विपद् व्यवस्थापन कोषमा निकासा

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ

जलवायु परिवर्तनका कारण विपत्ति आएकामा शङ्का छैन, प्रतिकार्य विश्वव्यापी जिम्मेवारी हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले गत बुधबार रसुवाको भोटेकोशी नदीमा

भोटेकोशी बाढी अपडेट : मृत्यु हुनेको संख्या १ हजार ५६ जना पुग्यो, ३ हजार ९ सय १६ जना सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार दिउँसो

राष्ट्रिय एकताका साथ खोज तथा उद्धारमा जुट्न राष्ट्रिय सभाध्यक्षको अपिल

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले विपद् व्यवस्थापन सङ्घ, प्रदेश