१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

सलह किरा नियन्त्रण गर्न भारत एवं विश्व खाद्य र कृषि संगठनसँग समन्वय गरिने, एक महिनासम्म प्रकोप रहनसक्ने



काठमाडौं । नेपालमा सलह किराको एक्कासी आतंक बढेपछि सरकारले नियन्त्रणका लागि भारत र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनसँग समन्वय गर्ने भएको छ ।

कृषि तथा पशुपंक्षी मन्त्रालयमा आइतबार विज्ञहरुसँग छलफल गरेपछि कृषिमन्त्री घनश्याम भुषालले सलह किराको बथान नियन्त्रण गर्न भारत र संयुक्त राष्ट्र संघसँग समन्वय गर्ने जानकारी दिएका हुन् ।

भारतमा यस अघि नै सलह किराले आतंक मच्चाइरहेको छ । भारतको उत्तर पश्चिम र दक्षिण पश्चिम क्षेत्रबाट भित्रिएको सलह किरा उत्तरप्रदेश विहार हुँदै नेपाल भित्रिएपछि सरकारको सक्रियता बढेको हो । यसअघि कृषि विज्ञहरुले नेपालमा सहल किरा यस वर्ष नआउने दाबी गरेका थिए ।

भारतको राजस्थानमा सलहका बथानको प्रकोप अझ बढी देखिएको हुँदा त्यो बथान नेपाल आउँछ कि आउँदैन भन्नेबारेमा ट्रयाकिङ गर्न भारत र विश्व खाद्य तथा कृषि संगठनका अधिकारीहरुसँग समन्वय गरेर ट्रयाकिङ गर्ने मन्त्री भुषालले बताए ।

नेपालमा शनिबारदेखि देखिएको सहलको बथान अझै पनि सानो रहेको छ । सानो बथानले कृषि बालीमा धेरै क्षति पुर्याउन नसक्ने भन्दै कृषि मन्त्रालयले कृषकहरुलाई नआत्तिन अनुरोध गरेको छ । तर, चनाखो भएर सलहलाई नियन्त्रण गर्न भने सुझाव दिएको छ ।

सलहको सम्भावित प्रकोप बढ्न सक्ने क्षेत्रहरुबारे मन्त्रालयले छिटै आम सर्वसाधारणलाई जानकारी गराउन लागेको छ ।

सलहबारे किसानहरुबाट जानकारी लिन र किसानको गुनासो सुन्न हटलाइनको व्यवस्था गर्न लागेको छ । गृह र विपद व्यवस्थापन समितिसँग समन्वय गरेर सलह नियन्त्रण गर्ने उपाय अपनाइने मन्त्री भुषाले बताए ।

एक महिनासम्म प्रकोप रहनसक्ने
यसैबीच, सलह किरा नेपालमा एक महिनासम्म रहनसक्ने प्रक्षेपण विज्ञहरुले गरेका छन् ।

वयस्क र बच्चाको समूहमा नेपाल प्रवेश गरेको सहल किरा नेपालमा बढीमा एक महिनासम्म रहन सक्ने प्रक्षेपण विज्ञहरुको छ । वयस्क सलह बढीमा दुई हप्ता र बच्चा सलह १ महिनासम्म बाँच्न सक्ने कृषि विभागका पूर्व महानिर्देशक डा. डिल्लीराम शर्माले बताए ।

शर्माले भने, ‘‘वयस्क सलह अण्डा पार्न पाएन भने दुई हप्ता भन्दा बढी बाँच्न सक्दैन् । उसलाई अण्डा पार्न राजस्थान नै जानुपर्ने हुन्छ । बच्चा सलह बढीमा एक महिनासम्म नेपालमा बाँच्न सक्छ ।’’  सोमबारसम्म हावाको गति परिवर्तन भएमा दाङ, बाँकेसम्म पुग्न सक्ने सम्भावना रहेको उनले बताए ।

८, १० करोडको समूहमा आएर बाली सखाप पार्ने प्रजातिको यो किरा नेपालमा २, ४ लाखको समूहमा मात्रै आएकाले नियन्त्रण गर्न सकिने शर्माको विश्वास छ ।

अहिले डराउनै पर्ने अवस्था नभएको उल्लेख गर्दै शर्माले विषादी प्रयोग गरेर र किसानहरुले धुँवा लगाउने, ड्रम बजाएर यसलाई नियन्त्रण गर्न सकिने अवस्था रहेको जानकारी दिए ।

शनिबार भारतबाट नेपालको तराईका जिल्ला हुँदै पहाडी जिल्लाहरुमा समेत प्रवेश गरेको थियो । सहल किरालाई बिहानको समयमा विषादी प्रयोग गरी नष्ट गर्न सकिने विज्ञहरुको भनाई छ । साँझ एक ठाउँमा गएर बस्ने र विहान ८, ९ बजेपछि मात्रै बाली खान खेतमा पस्ने भएकाले विहान ५, ६ बजेको समयमा विषादी प्रयोग गरी नियन्त्रणमा लिन सकिने अवस्था रहेको विज्ञहरुले बताएका छन् ।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  १ : ०१ बजे

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर

कोशीमा संकल्प प्रस्ताव पारित भएको पत्र प्रदेश प्रमुखलाई पठाइयो

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीसँग प्रदेशसभामा बहुमत नरहेको

समृद्धी सलोन एण्ड एकेडेमीद्धारा सम्मान तथा दिक्षित

बुटवल । बुटवलको अमरपथस्थित सिंह कम्पेलेक्समा रहेको समृद्धी सलोन एण्ड

युवती भगाएको विषयमा धनुषाको पौडेसर तनावग्रस्त

धनुषा ।  धनुषाको औरही गाउँपालिकाको पौडेसर तनावग्रस्त भएको छ ।

मनमोहन अधिकारी वाम-लोकतान्त्रिक आन्दोलनका अथक योद्धा : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मनमोहन अधिकारी नेपालको वाम-लोकतान्त्रिक आन्दोलनका