३ आश्विन २०८३, शनिबार | September 19, 2026

स्पेनिस ला लिगा : रियल मड्रिड उपाधि होडमा बलियो, बार्सिलोनासँग बनायो दुई अंकको दूरी



काठमाडौं । रियल मड्रिडले उपाधि होडलाई थप बलियो बनाएको छ ।

स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा पुछारको क्लब स्पानियोलमाथि संघर्षपूर्ण जित निकाल्दै रियल मड्रिड शीर्ष स्थानमा फर्किएको हो ।

अवे मैदानमा भएको खेलमा स्पानियोलमाथि १–० को जित निकालेसँगै रियल मड्रिडले दोस्रो स्थानमा झरेको बार्सिलोनासँगको अंक दूरी दुई कायम गरेको छ ।

रियल मड्रिडका लागि ४५ औँ मिनेटमा कासेमिरोले गरेको गोल नै महत्वपूर्ण जितका लागि निर्णायक बन्यो । स्पानियोलले गोल गर्ने धेरै मौका पाएको थियो, तर रियल मड्रिडका गोलरक्षक थिबाउटले उत्कृष्ट बचाउ गरे ।

जितपछि रियल मड्रिडको ३२ खेलबाट ७१ अंक भएको छ । दोस्रो स्थानको बार्सिलोनाको समान ३२ खेलबाट ६९ अंक रहेको छ ।

रियल मड्रिडले सन् २०१२ यता ला लिगाको उपाधि जित्न सकेको छैन । अब लिगमा बाँकी रहेका सबै ६ खेलमा जित वा पाँच खेलमा जित र एकमा बराबरी गरेमा उसले उपाधि जित्ने छ ।

लिग अन्तर्गत आइतबार राति भएका अरु खेलमा लेभान्टेले रियल बेटिसलाई ४–२, भिल्लारियलले भ्यालेन्सियालाई २–० तथा एइबरले ग्रानाडालाई २–१ ले पराजित गरेका छन् ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  ६ : ५१ बजे

नागरिकलाई निराशामा राखेर राज्यव्यवस्था सफल हुन सक्दैन : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक परिवर्तनलाई नागरिकको दैनिक जीवनसँग

अर्थमन्त्री वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा

परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क जाने

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर

माथिल्लो त्रिशूली-१ आयोजनाको सुरुङबाट थप ११ शव निकालियो

रसुवा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट शनिबार थप ११

बीसौँ एसियाली खेलकुद आजदेखि, नेपालबाट १३५ खेलाडी सहभागी

काठमाडौं । बीसौँ एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानमा औपचारिक रूपमा