१४ श्रावण २०८३, बिहिबार | July 31, 2026

सर्लाहीको धनकौलमा नेकपा र काँग्रेस कार्यकर्ताबीच झडप, १२ जना घाइते



सर्लाही। सर्लाहीको धनकौल गाउँपालिकामा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ । झडपमा १२ जना घाइते भएका छन् ।

उनीहरु बन्दुकको छर्रा लागेर घाइते भएका सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । सबै घाइतेको स्थानीय अस्पतालमा उपचार भैरहेको छ ।

बाटो प्रयोगको सामान्य विषयमा झडप सुरु भएको थियो । नेकपा कार्यकर्ताको ट्याक्टरले कांग्रेस कार्यकर्ताको मोटरसाइकललाई बाटो नछाडेर निहुँमा सुरु भएको विवादमा दुवै तर्फका झण्डै एक एक सय मानिस भेला भएपछि झडप भएको थियो । झडपका क्रममा गोली समेत चलेको थियो ।

गोली चलेको बन्दुक कसको हो भन्ने खुलिसकेको छैन । यद्यपि, प्रहरीले स्थानीय मुकेश शाहलाई गोली चलाएको आशंकामा पक्राउ गरेको छ ।

आइतबार राति साढे ८ बजे भएको घटना उग्र बनेपछि सशस्त्र र नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेको थियो ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  ९ : २३ बजे

गोलबजार घटनाको छानबिन गर्न समिति गठन

जनकपुरधाम । सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा आज एक जना युवालाई

प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन : ‘अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ’

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज र सिरहालगायत स्थानमा

रवि लामिछाने र मधेश केन्द्रित दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेशमा

मधेस केन्द्रित चार दलको अपिल : ‘घटनाको निष्पक्ष छानबिन होस्, समाजमा सद्भाव कायम राखौँ’

काठमाडौं । मधेस केन्द्रित चार राजनीतिक दलले पछिल्ला घटनाक्रमप्रति गम्भीर

सद्भाव कायम राख्न बुटवलका १२ राजनीतिक दलको संयुक्त अपिल, दोषीमाथि कारबाहीको माग

बुटवल । सुनसरीलगायत देशका विभिन्न स्थानमा हालै घटेका हिंसात्मक घटनाप्रति