१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

चीनले सीमा मिचेको सो-कल्ड प्रतिवेदन कुन कारखानामा तयार भयो, खोजी गर्दैछौं : परराष्ट्रमन्त्री ज्ञवाली



काठमाडौं । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले चीनले सीमा मिचेको भन्ने झुठो प्रतिवेदन कसरी तयार भयो भन्नेबारेमा छानविन सुरु गरिएको बताएका छन् ।

राष्ट्रियसभामा समय लिएर बोल्दै मन्त्री परराष्ट्रमन्त्री ज्ञवालीले चीनसँग हुँदै नभएको सीमा विवादका विषयमा भ्रामक प्रतिवेदन कहाँबाट सार्वजनिक भयो भन्ने विषयमा अनुसन्धान भइरहेको बताएका हुन् । दुई देशबीचको सम्बन्धमा दरार ल्याउने गरी केहिदिन यता सो तथाकथित प्रतिवेदनका आधारमा चीनले नेपालको सीमा अतिक्रमण गरेको भन्ने समाचार प्रकाशित प्रसारित गरिएका थिए ।

‘त्यो सो कल्ड प्रतिवेदन कुन कारखानामा तयार भयो भनेर हामीले खोजी गरिरहेका छौं’, उनले भने, ‘तथाकथित स्रोतसँग सम्बन्धित व्यक्तिलाई कानूनी कारवाहीमा ल्याउने छौँ ।’’

परराष्ट्र मन्त्रालयले चीनले सीमा मिचेको भन्ने कृषि मन्त्रालयको नामबाट प्रकाशित रिपोर्टलाई असार १० गते झुठो भएको जनाएको थियो । यसैगरी कृषि तथा पशुपंक्षी मन्त्रालयले समेत रिपोर्ट नक्कली भएको भन्दै प्रष्टिकरण दिएको थियो ।

पहिला कात्तिकमा अहिले असारमा
परराष्ट्र मन्त्रालयले असारमा त्यो नक्कली रिपोर्टबारे स्पष्टिकरण दिएपनि त्यो रिपोर्ट अहिले नभै गत कात्तिकमा सार्वजनिक गरिएको थियो ।

भारतले नेपालको सीमा अतिक्रमण गरेर जारी गरेको नयाँ नक्शाको विरोधमा नेपालमा प्रदर्शन बढिरहेको बेला गत कात्तिकमै सो नक्कली रिपोर्ट योजनावद्ध ढंगले सार्वजनिक गरिएको थियो ।

तर, सरकारले त्यतिबेला नै रिपोर्ट नक्काली हो या सक्कली भन्नेबारेमा केही पनि बताउन चाहेन ।यसपटक पनि कात्तिकमै समाचार वितरण गर्ने स्थानबाटै मूलधारका संचारमामाध्यममा सो रिपोर्ट पुनः वितरण भएको बुझिएको छ ।

विक्रम संवत २०७२ साल साउन महिनामा कृषि मन्त्रालय अन्तर्गतको नापी विभागबाट तयार पारिएको भनिएको सो नक्कली रिपोर्ट यसपटक नेपालले भारतीय सीमा अतिक्रमण विरुद्ध कदम चाल्दै आफ्नो भूमिलाई नयाँ नक्शामा जारी गरेपछि भएको देखिन्छ ।

सोमबार परराष्ट्रमन्त्री ज्ञवालीले भनेका छन्, ‘कसरी प्रायोजित ढंगले समाचारहरु आए ? दुई देशको सम्बन्धलाई गम्भिर प्रभाव पार्ने यस्ता खालका फेक न्यूजहरु कसरी कुन कारखानाबाट आए ? कसरी सर्कुलेट भए ? भन्ने कुराहरु गम्भिर रुपमा लिएका छौँ ।’

मन्त्री ज्ञवालीले भौगोलिक विकटताका कारण ३७ र ३८ नम्बर सीमा रेखा निर्माण नगर्ने सहमति दुबै देशबीच बनेको स्पष्ट पारे ।

अहिले सगरमाथाको उचाई घोषणा गर्ने तयारी नेपालले गरिरहँदा चीनले पनि नापेकोले दुबै देशबीच कुराकानी भइरहेको उनले जानकारी दिए । सन् २००६ भन्दा अगाडि ५७ र ६२ नं. सीमा स्तम्भ हराएपनि त्यसपछि भएको संयुक्त निरीक्षणका क्रममा फेला परेको पनि उनले बताए ।

मन्त्री ज्ञवालीले गोरखाका रुई गाउँमा चीनले अतिक्रमण गरेको भन्ने विषयमा पनि स्पष्टिकरण दिएका छन् ।

सांसद प्रमिला कुमारीले रुई गाउँ नेपालको भएको प्रमाणित हुने दस्तावेज नेपालसँग भएपनि चीनले दावी गरिरहेको विषयमा के हो भन्दै प्रश्न गरेकी थिइन ।
तर मन्त्री ज्ञवालीले सीमाकंन हुनुभन्दा अगाडिको समयमा नै सानागाउँ र रुई गाउँका स्थानीयले लेक बेसी गर्ने गरेको उल्लेख गर्दै सीमाकंन भएपछि स्थानीयको स्वेच्छाले नै रुई गाउँका बासिन्दाहरु चीनतिर गएको प्रष्ट पारे।

उनले भने, ‘सानागाउँ र रुई गाउँमा परम्परादेखी नै औपचारिक सीमाकंन भएको अवस्थासम्म लेक बेसी भनेजस्तो खर्क बसाउने चलन थियो । सीमा छुट्याउने कुरा भएपछि सीमा स्तम्भ निर्माण गरेपछि त्यती बेला १ सय १० घर परिवारलाई तपाईहरु कतातिर रहने हो भनेपछि ६० ले उतातिर रुई (चीनतिर) र ४० यता (नेपाल) सामागाउँ तिर रहनेगरी बसोबास रोजे । पहिले देखि रहेका कागजातहरु कायमै रहेपनि त्यसले ठूलो कानूनी झमेला भएन् । जबरजस्ती कतैबाट अतिक्रमण भएको प्रश्न होइन् । स्वइच्छाले सीमा तोकेपछि कतातिर बस्ने भनिएको हो ।’

मन्त्री ज्ञवालीले नेपाल भारतसमस्या कुटनीतिक वार्ता नै समाधान हुने बताएका छन् । भारतसँग निरन्तर सम्पर्कमा रहेको उल्लेख गर्दै उनले वार्ताका लागि उपयुक्त समयको पर्खाइमा रहेको बताए । मन्त्री ज्ञवालीले सीमा विवाद समाधान गरेर मात्रै विश्वासमा आधारित घनिष्ठ सम्बन्ध भारतसँग कायम गर्न सकिने जिकिर गरे । सीमा विवादको विषयले अन्य दुई देशको सामाजिक, आर्थिक सम्बन्धमा असर पार्न नहुने उनले बताए । भारतसँग विवाद सुल्झाउन कुटनीतिक वार्ता गर्नुपर्छ, गर्न सकिन्छ र गर्नुपर्छ भन्नेमा सरकार प्रतिबद्ध रहेको उनले स्पष्ट पारे ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  २ : १८ बजे

लुम्बिनी प्रादेशिक अस्पतालमा निसन्तान दम्पत्तिका लागि ‘आइयुआई’ सेवा सुरु

बुटवल । प्रसुती सेवालाई बिस्तार गर्दै लगेको लुम्बिनी प्रादेशिक अस्पताल

नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई

काठमाडौं । भारतमा हुने बरोडा र गुजरातसँगको फ्रेन्डसिप सिरिज तथा

रुपन्देही प्रहरीले हराएका १२ थान मोवाईल फेला पारी मोबाइल धनिलाई बुझायो

बुटवल । रुपन्देही प्रहरीले जिल्लाका बिभिन्न स्थानबाट मोबाइल हराएको भन्दै

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्वास्थ्य विभागले बिहीबार

गगन थापाको टिप्पणी- ‘बा र भगवान प्रश्नभन्दा माथि !’

काठमाडौँ ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बा र भगवानलाई