६ चैत्र २०८२, शुक्रबार | March 21, 2026

अफ्रिकामा रहेका नेपालीसँग एनआरएनएको स्वास्थ्य सम्वाद्



लन्डन । गैरआवासीय नेपाली संघ अन्तरगतको स्वास्थ्य समितिले अफ्रिकी मुलुकमा रहेका नेपाली समुदायसँग स्वास्थ्य सम्बन्धी अन्तरक्रिया गरेको छ ।

समितिका संयोजक डा. सञ्जीव सापकोटाको सक्रियतामा आयोजित कार्यक्रमा अफ्रिकामा रहेका नेपालीहरुले आआफ्नो क्षेत्रमा कोरोना भाइरसले पारेको प्रभावको बारेमा बोलेका थिए ।

कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले कोरानो भाइरसका कारणले विदेशमा रहेका नेपालीहरुको उद्धारको लागि संघ सकृय रहेको वताए । पन्तले अफ्रिकी मुलुकमा रहेका नेपाली समुदायमा भएको कोराना प्रभावको बारेमा जानकारी लिएका थिए ।

दुई दर्जन भन्दा बढी सहभागी भिडियो लाइभ कार्यक्रमको संचालन एलिजा केसी भण्डारीले गरेकी थिइन् । गैरआवासीय नेपाली संघका ५ जना स्वास्थ्य सम्वन्धी विज्ञ सहभागी कार्यक्रममा सहभागीहरुले स्वास्थ्य सम्वन्धी जानकारी लिएका थिए ।

अन्तरक्रियामा डा. पुष्पराज भट्टराई, डा. विजय ज्ञवाली, डा. अर्चना श्रेष्ठ, डा. उत्तम गाउली लगायतले आआफ्नो भनाई राखेका थिए ।

कार्यक्रमा हिम्मत थापा, सुरज डुम्म्रे, रोशन श्रेष्ठ, कृष्ण देवकोटा, राजमणी भण्डारी, कृष्ण भट्ट, पासाङ्ग शेर्पा, गोकर्ण अधिकारी, लगायतको बोलेका थिए ।

कार्यक्रमा नाइजेरिया, केन्या, तान्जानिया, घाना, युगान्डा, साउथअफ्रिका, अइवरीकोष्ट र मोरक्को, मोजाम्कि लगायतका देशमा नेपाली सहभागी थिए । कार्यक्रममा कोरानो संक्रमणलाई फैलिन नदिने वैज्ञानिक उपाए, मानसिक स्वास्थ्य लगायतको बारे नेपाली समुदायलाई जानकारी लिएका थिए ।

अन्तक्रियापछि गैरआवासीय नेपाली संघ अन्तर्रत अफ्रिकी मुलुकमा रहेका नेपालीहरुको स्वास्थ्य सम्वन्धी जानकारी लिन अफ्रिकी नेपाली स्वास्थ्य समिति गठन गरिएको छ ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  ३ : ०२ बजे

कांग्रेस बैठकमा उपसभापति शर्माको चुनावी समीक्षा प्रतिवेदन प्रस्तुत (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसका उपसपभाति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण

काठमाडौँ । सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज

नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) सहयोग

काठमाडौं । नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा

चट्याङ लागेर गुल्मीका छ जना घाइते

गुल्मी । वर्षासँगै परेको चट्याङ लागेर जिल्लाका विभिन्न स्थानका छ

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस