२२ श्रावण २०८३, शुक्रबार | August 8, 2026

आम्दामा व्यापार संंघ अन्तरगत कस्मेटिक बस्तुगत समितिद्वारा हात धुने मेसिन प्रदान



बुटवल । रुपन्देही व्यापार संघ अन्तरगतको कस्मेटिक बस्तुगत समितिले सिद्धार्थ बाल तथा महिला (आम्दा) अस्पताल बुटवललाई अटोमेटिक हात धुने मेसिन प्रदान गरेको छ ।

अस्पतालको बाल सेवा विभाग ब्लकको गेटमा जडान गरिएको मेसिनको सहि रुपमा प्रयोगमा ल्यादिन अस्पताल प्रशासनसंग आग्रह गरिएको छ । उक्त मेसिन सोमबार एक कार्यक्रमका बिच अध्यक्ष नियामत अली, संघका अध्यक्ष यमलाल लोहनीले संयुक्त रुपमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। राजेन्द्र बस्याल, बालरोग बिशेषज्ञ डा.सन्तोस पोखरेललाई हस्तान्तरण गरेका हुन ।

अस्पतालमा आउने बिरामी, तीनका कुरुवा तथा स्वास्थ्यकर्मीलाई हात धुन सहज बनाउनकालागि हात धुने मेसिन प्रदान गरिएको रुपन्देही व्यापार संघ कस्मेटिक बस्तुगत समितिका अध्यक्ष नियामत अलीले जानकारी दिए ।

सो अवसरमा बोल्दै व्यापार संघका अध्यक्ष यमलाल लोहनीले विश्वमा महामारीको रुप लिएको कोरोना भाईरस (कोभिड–१९) ले नेपालमा पनि आर्थिक तथा सामाजिक क्षेत्रमा नराम्रो प्रभाव पारेको बताए । उद्योगधन्दा व्यापार व्यबसाय ठप्प भएको समयमा पनि त्यसबाट बच्न र बचाउनकालागि संघको बस्तुगत समितिले अस्पतालमा हात धुने मेसिन प्रदान गरेकामा संघका अध्यक्ष लोहोनीले समितिलाई धन्यवाद ज्ञापन गर्दै सहि सदुपयोग गर्नकालागि अस्पताललाई आग्रह गरेका थिए ।

अस्पतालका चिकित्सक डा.सन्तोष पोखरेलले कोरोनाबाट बच्न र संक्रमण रोक्नका लागि हात धुने कुरा मत्वपूर्ण रहेको हुदा त्यसमा व्यापार संघले गरेको सहयोगप्रति आभार व्यक्त गरेका थिए ।

उनले अस्पताललाई प्राप्त सहयोगको सहि सदुपयोग गर्ने कुरामा प्रशासन गम्भिर बन्ने बताउदै आम्दा सामाजकै सहयोगमा सञ्चालन भएको अस्पताल भएका कारण सबैको हातेमालो जरुरी भएको धारणा राखे ।

कस्मेटिक तथा गिफ्ट उपसमितिका संयोजक नियामत अलिको अध्यक्षता, सचिव विनोद सुवेदीको सञ्चालन तथा सरोज ज्ञवालीको स्वागतमा भएको कार्यक्रममा संघका सदस्य, उपसमितिका पदाधिकारी, सदस्य तथा अस्पतालका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  ५ : ०२ बजे

प्रधानमन्त्री शाहले मध्यराती गरे आफु एक्लो परेको संकेत

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (वालेन)ले आफु एक्लो परेको संकेत

होटलमा लगानी विस्तार गर्न मुख्यमन्त्री आचार्यको आग्रह

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पर्यटकीय गन्तव्यमा पर्यटकको

‘ब्रोड पिक’ मा ज्यान गुमाएका आरोहीको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । पाकिस्तानको ‘ब्रोड पिक’ हिमाल आरोहणका क्रममा हिमपहिरोमा परेर

सुर्खेतमा स्कुटर पछाडि सवार युवाको मृत्यु

सुर्खेत । नेपालगन्जबाट सुर्खेततर्फ आउँदै गरेको स्कुटर पछाडि सवार एक

आयोगद्वारा एलपी ग्यास आपूर्तिलाई सहज बनाउन निर्देशन

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले एलपी ग्यास वितरण प्रक्रियामा पारदर्शिता,