५ पुस २०८२, शनिबार | December 20, 2025

सिमावर्ती जिल्लामा कोरोना घट्दै, पहाडी जिल्लामा थपिंदै, गुल्मीमा थपिए ३७ संक्रमित



गुल्मी । सिमावर्ती क्षेत्रमा कोरोना भाइरसको संक्रमण घट्दै जांदा मध्य पहाडी जिल्लाहरुमा संक्रमण पुष्टि हुने क्रम रोकिएको छैन । बिगत २४ घण्टामा गुल्मीमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीका बिभिन्न स्थानीयतहमा ३७ जनाको संक्रमण पुष्टि भएको हो । जिल्लाको गुल्मीदरवार गाउँपालिकामा २१ जना, रुरुक्षेत्र गाउँपालिकामा ८ जना र छत्रकोट गाउँपालिकामा ८ गरी ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको गुल्मीका प्रमुख जिल्ला अधिकारी भरत शर्माले जानकारी दिए । प्रजिअ शर्माका अनुसार संक्रमित सबै भारतबाट आएर क्वारेन्टिनमा बसेकाहरु हुन् ।

नयाँ ३७ जना संक्रमित थपिएसँगै गुल्मी जिल्लामा कोरोना पुष्टि भएकाहरुको संख्या ३२४ पुगेको छ । ४२ जना कोरोना मुक्त भएर घर फर्केका छन् । जिल्लामा कोरोनाबाट ३ जनाको मृत्यु भइसकेको छ ।

जिल्लाबाट १ हजार ५ सय २२ जनाको स्वाब संकलन गरेर पठाइएकोमा ३८५ जनाको रिपोर्ट आउन बाँकी रहेको प्रजिअ शर्माले बताए ।

संक्रमितहरुलाई पायक पर्ने आईसोलेसनमा राखेर उपचार गरिने स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख भवानी प्रसाद शर्माले बताए । तेस्रो मुलुकबाट फर्कने क्रम बढेकाले पहाडी जिल्लाहरुमा संक्रमण बढेको उनको भनाई छ ।

गुल्मीमा २४३ आईसोलेसनमा ३२९ बेड क्षेमताको आइसोलेसन तयारी अवस्थामा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

पछिल्लो समय प्रदेश ५ को बांके, कपिलवस्तु लगायतका जिल्लाहरुमा संक्रमितहरुको थपिने संख्या घट्दै गएको छ ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  १० : २९ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता