४ पुस २०८२, शुक्रबार | December 20, 2025

नेकपा स्थायी समितिको बैठक सुरु, बैठकको सुरुमै कुर्सीका बिषयमा विबाद



काठमाडौं । संसदमा बिधेयक माथिको दफावार छलफल कै शैलीमा संचालन भईरहेको नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समितिको चौथो बैठक आज मध्यान्हबाट सुरु भएको छ । बैठक सुरुहुनु पूर्व पार्टीका पहिलो अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली राष्ट्रपतिलाई भेट्न सितल निवास पुगेका थिए । उनी सितल निवासबाट फर्के लगत्तै बैठक सुरु भएको छ ।

बैठकको सूरुवातमा नै स्थायी कमिटी सदस्यहरुले बैठकमा राखिएको कुर्सीका बिषयमा प्रश्न उठाएपछि कुर्सी मिलाउने काम भएको स्थायी समिति एक जना सदस्यले बताए । सचिवालयका सदस्यहरुलाई अग्लो स्थानमा र अन्यलाई तल कुर्सी राखिएपछि सदस्यहरुले बिरोध जनाएका थिए । स्थायी समितीको तेस्रो बैठकमा पार्टी अध्यक्ष द्वयलाई राखिएको सोफा हटाईएको थियो ।

आज अपरान्ह सुरुभएको बैठकमा सबैको कुर्सी समान प्रकारको राखिएको छ भने अध्यक्ष द्वय र उपाध्यक्ष बामदेव गौतमलाई लहरै राखिएको बताईएको छ ।

तेस्रो बैठकमा सरकारले जारी गरेको नेपालको संशोधित नक्सा, सिमा समस्याका बिषयमा स्थायी समितिका सदस्यहरुले बोल्ने क्रम बांकी रहेकाले आज बोल्न बांकी सदस्यहरुले बोलेपछि अर्को एजेण्डामा बैठक प्रवेश गर्ने छ । बैठकले यस अघि नै ७ वटा एजेण्डा तय गरिसकेको छ ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  १ : २३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको