१४ असार २०८३, आइतबार | June 28, 2026

निकट मन्त्री र सांसदहरुसँग प्रधानमन्त्री ओलीको परामर्श सकियो, सरकार र पार्टीलाई नयाँ ढंगले अघि बढाउन सुझाव



काठमाडौं । पार्टी स्थायी कमिटी बैठकमा अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा मागेपछि संकटमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान केही मन्त्री र निकट सांसदहरुसँग छलफल गरेका छन् ।

बालुवाटार निवासमा गरिएको छलफलमा प्रधानमन्त्री ओलीले मन्त्री र सांसदहरुसँग सुझाव मागेका थिए । जहिले पनि देश गम्भीर संकटमा परेको बेलामा पार्टीभित्रबाट बारम्बार असहयोग गरिएको भन्दै ओलीले असन्तुष्टि जनाएका थिए ।

ओलीले परामर्शलाई जारी राख्दै गम्भीरतापूर्वक कदम चाल्ने बताएका छन् । ओलीले सबै नेताहरुसँग क्रमशः परामर्श गर्ने बताएका छन् ।

छलफलमा उपप्रधानमन्त्री इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, कृषिमन्त्री घनश्याम भुषाल, पर्यटनमन्त्री योगेश भट्टराई, उद्योगमन्त्री लेखराज भट्ट, संसदीय दलका उपनेता सुवास नेम्वाङ, पार्टी महासचिव विष्णु पौडेल, प्रमुख सल्लाहकार विष्णु रिमाल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठलगायत १८ नेताहरु सहभागी थिए ।

मंगलबारको स्थायी समिति बैठकमा नियमिति एजेण्डालाई थाँती राख्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीको आइतबारको अभिव्यक्तिप्रति गम्भीर आपत्ति प्रकट गर्दै छलफल त्यसैमा केन्द्रित हुनुपर्ने बताएका थिए । मदन भण्डारी जन्मदिवसको दिन ओलीले सरकार ढाल्न भारत र आफ्नै पार्टीका नेताहरु संलग्न भएको गम्भीर आक्षेप लगाएका थिए ।

बैठकमा माधवकुमार नेपाल, झलनाथ खानल, बामदेव गौतम लगायतका सचिवालय सदस्यसहित स्थायी कमिटीका केही सदस्यहरुले प्रधानमन्त्रीले अध्यक्ष र प्रधानमन्त्री दुवैको नेतृत्व गर्न अक्षम भएको भन्दै राजीनामा मागेका थिए ।

प्रकाशित मिति : १७ असार २०७७, बुधबार  १० : ५६ बजे

असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक

कास्की । पोखरा महानगरपालिका-३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

श्री एयरलाइन्सको जहाजमा समस्या, भैरहवामा आकस्मिक अवतरण

काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको एक यात्रुवाहक जहाजमा समस्या

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते मुसलधारे वर्षा हुने

काठमाडौं । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल

सुस्ता सीमा विवाद समाधान गर्न सरकारलाई कूटनीतिक पहलको माग

बुटवल । सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियानले

काठमाडौंमा कागका कारण बर्ड फ्लु फैलियो

काठमाडौं । कागका कारण काठमाडौं उपत्यकामा बर्डफ्लु फैलिएको पशु सेवा