७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

शुद्धोधनका किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण प्रदान



सैनामैना । रुपन्देहीको शुुद्धोधन गाउँपालिका वडा न. १का किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण प्रदान गरिएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना ब्लक विकास कार्यक्रम अन्तर्गत वडाका १२० जना किसानलाई आज विभिन्न कृषि औजार हस्तान्तरण गरिएको हो । कृषि सामाग्री अनुदानमा पाएपछि किसानहरुले खुशी व्यक्त गरेका छन् ।

करिब ७८ लाख बराबराको लागतमा हेन्ड टे«क्टर ४ थान,पम्पेसेट ५० थान,डिजिटल काटा ३१ थान,घाँस काट्ने मेसिन १० थान,ड्रिल मेसिन ८ थान, बीऊविजन, जैविक मल,बोरेक्स, विषादी औषधी, क्यारेट लगायतका कृषि सामाग्री वितरण गरिएको ब्लका सदस्य राकेश मल्लाहाले जानकारी दिए ।

वितरण कार्यक्रममा बोल्दै शुद्धोधन गाउँपालिका अध्यक्ष किसुनचन्द चौधरीले उत्पादकत्व वृद्धि गर्न र कृषि प्रणालीलाई आधुनिक एवं बैज्ञानिकरण गर्न किसानलाई अनुदानमा कृषि सामाग्री उपलब्ध गराएको बताए । कृषकहरुको बाली विकास गर्न अब यस्ता औजारहरुले महत्वपुर्ण भुमिका खेल्ने अध्यक्ष चौधरीले उल्लेख गरे । गाउँपालिकाले कृषिलाई प्राथमिकतामा राखेर विकास गरेको उनको भनाई छ ।

यस्तै कार्यक्रममा शुद्धोधन वडा न. १ का वडा अध्यक्ष उदयराज गडेरिया, वडा नं. २ वडा अध्यक्ष विष्णु प्रसाद बस्यालले उत्पादनमा वृद्धि र पराम्परा व्यवसायिक खेतीपातिलाई आधुनिकरणमा ल्याउन यि औजारको प्रयोग अधिकतम गर्न आवश्यक रहेको बताए । स्थानीय तहबाट पनि व्यवसायिक किसानहरुलाई लागि कृषि कार्यक्रम ल्याउने तयारी गरेको जिकिर गरे ।

यस वडा कृषिको उर्वराभुमि भएकाले यान्त्रीकरण गर्न आवश्यक रहेको बेलवा प्रगति तरकारी ब्लक सञ्चालक समिकिा अध्यक्ष सुनिल हरिजनले बताएका छन् । वितरण गरिएको कृषि सामाग्रीको सहि तरिकाले किसानले प्रयोगमा ल्याए अधिकतम लाभ लिने र उपादनमा ह्रास नआउने हरिजनको भनाइ छ ।

प्रकाशित मिति : १७ असार २०७७, बुधबार  १२ : २२ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल