१० भदौ २०८३, बुधबार | August 26, 2026

चौरजहारी नगरका ३ वटा वडा सिल, प्रतिवन्धित कार्य गरेमा कार्वाही गरीने



रुकुम(पश्चिम) । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा ३ वटा वडा सिल गरीएको छ । नगरमा कोरोना भाईरस वाट संक्रमित नागरिकको संख्या वढे संगै वडा नम्वर १ ,२ र ३ नम्वर वडालाई सिल गरीएको हो ।

नगरपालिकाले एक सुचना प्रकासित गरी वडा नम्वर १ नाखिरा लामिछानेगाउँ घारीगाउँ वडा नम्वर २ को नयाँवजार ,रुकुमेगाउँ, वडा नम्वर ३ को घारीकापाखा टाटागाउँ र स्यालखोलामा कोरोनाको उच्च जोखिममा राखी सिल गरेको छ ।

चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत राम वहादुर के.सी.द्धारा हस्ताक्षेरीत सुचनामा यहि असार १६ वाट लागुहुने गरी अर्काे सुचना जारी नभए सम्मका लागी उक्त वडाहरुलाई सिल गरीएको सुचनामा उल्लेख गरीएको छ ।

यो समयमा अत्यावसकिय काम वाहेक सवारी साधन चलाउन मानिसहरुको आवतजावत र व्यापार व्यावसाय पुर्ण रुपमा वन्द गर्न सुचनामा भनिएको छ ।

सिलगरीएको क्षेत्रमा कोही कसैले प्रतिवन्धित कार्य गरेको पाईएमा संक्रामक रोग ऐन अनुसार कार्वाही गरीने व्यहोरा समेत जानकारी गराईएको छ ।

प्रकाशित मिति : १७ असार २०७७, बुधबार  ४ : १६ बजे

राष्ट्रपति पौडेलद्वारा उद्धार र राहतमा लाग्न आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा, नुवाकोट हुँदै बहने भोटेकोशी

भोटेकोशी बाढी : सरकारलाई सघाउने विपक्षी दलका नेताको प्रतिबद्धता

काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीबाट उत्पन्न विपद्को समयमा सरकारलाई

निर्मल पुर्जाको आज अन्त्येष्टी गरिदैँ, गोप्य राखिएको थियो पार्थिव शरिर

काठमाडौं । पाकिस्तान नियन्त्रित कश्मीरको ‘ब्रड पिक’मा गत महिना गएको

उद्धार र राहतलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीबाट प्रभावित भएकाहरूको उद्धार

भोटेकोशी बाढी : खोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

काठमाडौं । भोटेकोशीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा विपद् व्यवथापनका