२४ मंसिर २०८०, आइतबार | December 10, 2023

२४ घण्टामा थपिए ४७३ नयाँ संक्रमित, काठमाडौं उपत्यकामा मात्रै थपिए २८ जना



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ४७३ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार काठमाडौं उपत्यकामा मात्रै २८ जना संक्रमित थपिएका छन् ।

बिहीबार संक्रमण पुष्टि हुनेमा १०९ जना महिला र ३६४ जना पुरुष रहेका छन्।

यससँगै संक्रमितको संख्या १४ हजार ५१९ पुगेको छ । जसमध्ये १ हजार ८ सय ८३ महिला र १२ हजार ६ सय ३६ पुरुष रहेका छन् ।

यसैबीच, त्रिवि शिक्षण अस्पतालमा उपचाररत एक शिशुको २०७७ असार १७ गते साँझ ४ बजे मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले म्याग्दी जिल्ला धौलागिरी नगरपालिका वडा नम्बर चारका ४९ महिनाको शिशुको उपचारको क्रममा मृत्यु भएको बताए ।

उनको असार ९ गतेदेखि त्रिवि शिक्षण अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहेको र पहिलो चरणको डायलासिस समेत भएको प्रवक्ता गौतमले जानकारी दिए । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।

प्रकाशित मिति : १८ असार २०७७, बिहिबार  ४ : ३६ बजे

डुङ्गा चढेर रमाउँछन् रारा पुगेका पर्यटक

मुगु । नेपालको सबैभन्दा ठूलो र गहिरो ताल रारामा पर्यटक

पृथ्वीराजमार्गको पश्चिम खण्ड २० किमि छ लेनको बन्ने

तनहुँ । पृथ्वी राजमार्गको मुग्लिन–पोखरा खण्ड विस्तार कार्य भइरहेको छ

स्वास्थ्यलाभपछि गृहमन्त्री श्रेष्ठ ‘डिस्चार्ज’

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज अस्पतालबाट ‘डिस्चार्ज’

सशस्त्रको घेरा तोडेर दुई राँगा गायव

नेपालगन्ज । प्रहरीले बरामद गरेर भन्सारमा बुझाएको ४ वटा राँगा

नेप्सेमा ३ पटक सर्किट ब्रेक, ६ प्रतिशतको वृद्धिसँगै कारोबार बन्द,

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा छ प्रतिशतको वृद्धि