७ आश्विन २०८३, बुधबार | September 23, 2026

नेकपा अन्तर्संघर्ष चरमोत्कर्षमा, स्थायी कमिटी बैठक शनिबारसम्म स्थगित



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक शनिबारसम्म स्थगित भएको छ ।

गत मंगलबारदेखि नियमित एजेण्डाबाट भड्किएर शिर्ष नेतृत्वबीचको अन्तसंघर्षमा अल्मलिएको स्थायी कमिटी बैठक बिहीबार दुई पटक बसेको छ ।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले संचारकर्मीहरुसँग भने, ‘पार्टी एकतामा गम्भीर संकट देखा परेको छ । संकटबाट जोगाउन शनिबारसम्मका लागि दुवै अध्यक्ष र अरु नेताहरू प्रयास गर्ने गर्नुहुनेछ, त्यसका लागि एक दिनको समय राखेर बैठक स्थगित गरिएको हो ।’

बैठकमा अध्यक्ष प्रचण्डले बिहीबार मन्त्रिपरिषद् बैठक नबस्ने र संसद् अधिवेशन अन्त्य नगर्ने सहमति ओलीसँग भएको थियो तर संसद् अधिवेशन अन्त्य गर्नुभयो भनेर ब्रिफिङ गरेका थिए ।

शुक्रबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताले विवाद समाधानका लागि अधिकतम छलफल गर्ने भन्दै बैठक स्थगित गरिएको एक नेताले बताए ।

गत आइतबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आफुलाई पदबाट हटाउन भारत र पार्टीका नेताहरु लागेका छन् भन्ने अभिव्यक्ति दिएपछि मंगलबारको बैठक त्यसै विषयमा भड्किएको थियो ।

ओली इतरका नेताहरुले अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट ओलीले राजीनामा दिनुपर्छ भन्ने माग राख्दै बैठकमा बोलेका थिए । बुधबार केही बेर बसेको बैठकमा ५ जना नेताले मात्रै बोलेका थिए ।

तर बुधबार बिहान ओलीले आफु निकट नेताहरु र केही मन्त्रीहरुसँग छलफल गरे भने साँझ प्रचण्ड माधव नेपाल समुहका नेताहरुले ललितपुरको झम्सिखेलस्थित एक रेष्टुरेन्टमा भेला भएर ओली विरुद्ध एक भएर अघि बढ्ने निर्णय गरे ।

बिहीबार बिहान प्रचण्डसँग ओली निकट नेताहरुले भेट गरी सहमतिको प्रस्ताव गरे ।

त्यसलगत्तै ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरे । केहीबेरमै मन्त्रिपरिषद्को बैठक बसालेर संसद अधिवेशन अन्त्य गर्ने निर्णय गरे । लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन अन्त्यको घोषणा गरिन ।

संसद अधिवेशन अन्त्यको अचानक सूचना प्राप्त गरेपछि स्थायी कमिटी बैठक प्रभावित भयो र केहीबेरमै स्थगित भयो ।

त्यसलगत्तै अध्यक्ष प्रचण्डले समेत राष्ट्रपति भण्डारीलाई भेट गरे । भण्डारीसँग प्रचण्डको भेटलगत्तै बालुवाटारमै पुनः स्थायी कमिटी बैठक बस्यो । तर केहीबेरमै शनिबार बस्नेगरी स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : १८ असार २०७७, बिहिबार  ४ : ५५ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज