२३ जेष्ठ २०८०, मंगलबार | June 7, 2023

बांकेमा ७ वर्षिय बालकको घांटी रेटेर हत्या प्रयास



नेपालगन्ज । बांकेमा १ जना नाबालकको घांटी काटेर हत्या प्रयास भएको छ । कोहलपुरका ७ वर्षिय बालकको घांटी काटेर हत्या प्रयास भएको हो ।

कोहलपुर नगरपालिका वडा नम्बर– १३ का ७ वर्षीय एक बालकको घांटी काटेर हत्या गर्ने प्रयास गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुबाश खड्काले घांटीमा हंसियाले प्रहार गर्ने राप्तिसोनारी गाँउपालिका वडा नम्बर–९ बस्ने ३४ वर्षिय विजय चन्दलाई पक्राउ गरिएको जानकारी दिए । उनले कोहलपुर खड्कवारका ७ वर्षिय बालक रोमित थारुको गर्दनमा हंसिया प्रहार गरि काटेको पाईएकोले चन्दलाई पक्राउ गरिएको बताए । खड्काका अनुसार चन्दको घरमा रहेको हेण्डपम्पमा आंप धुन गएको रिसमा बालकलाई हंसिया प्रहार गरेको पक्राउ परेका चन्दले प्रहरीलाई बयान दिएका छन् ।

बालक आफ्नो मामाको घरमा रोपाइँ गर्न गएका बेलामा चन्दले धारिलो हतियार हँसिया प्रयोग गरी घाँटीको पछाडीको भागमा (गर्दन) रेटेर घाइते बनाएका थिए । घाइते बालकको कोहलपुर मेडिकल कलेजमा उपचार भईरहेको डिएसपी खड्काले बताए ।

प्रकाशित मिति : २० असार २०७७, शनिबार  ८ : ४४ बजे

एमालेमा बुढा नेताहरुले आजीवन पद ओगट्न पाउने बाटो खुलाइयो

काठमाडौं । नेकपा एमालेले ७० वर्षे उमेरहद हटाउने भएको छ

रेशम चौधरी आममाफी प्रकरण : सर्वोच्चले दिएन उत्प्रेषणयुक्त परमादेश

काठमाडौं । सर्वोच्च अदालतले टीकापुर घटनामा दोषी ठहर भएका रेशम

पुर्ख्यौली पेसा छोड्दैछन् गन्धर्व

दाङ । गाउँगाउँमा सारङ्गी बजाएर जीविकोपार्जन गर्दै आएका यहाँ गन्धर्वहरु

कल बाइपास आरोपमा एक चिनियाँसहित दुई जना पक्राउ

काठमाडौं । कल बाइपास गरेको आरोपमा एक जना चिनियाँसहित दुई