३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

बांकेमा ७ वर्षिय बालकको घांटी रेटेर हत्या प्रयास



नेपालगन्ज । बांकेमा १ जना नाबालकको घांटी काटेर हत्या प्रयास भएको छ । कोहलपुरका ७ वर्षिय बालकको घांटी काटेर हत्या प्रयास भएको हो ।

कोहलपुर नगरपालिका वडा नम्बर– १३ का ७ वर्षीय एक बालकको घांटी काटेर हत्या गर्ने प्रयास गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुबाश खड्काले घांटीमा हंसियाले प्रहार गर्ने राप्तिसोनारी गाँउपालिका वडा नम्बर–९ बस्ने ३४ वर्षिय विजय चन्दलाई पक्राउ गरिएको जानकारी दिए । उनले कोहलपुर खड्कवारका ७ वर्षिय बालक रोमित थारुको गर्दनमा हंसिया प्रहार गरि काटेको पाईएकोले चन्दलाई पक्राउ गरिएको बताए । खड्काका अनुसार चन्दको घरमा रहेको हेण्डपम्पमा आंप धुन गएको रिसमा बालकलाई हंसिया प्रहार गरेको पक्राउ परेका चन्दले प्रहरीलाई बयान दिएका छन् ।

बालक आफ्नो मामाको घरमा रोपाइँ गर्न गएका बेलामा चन्दले धारिलो हतियार हँसिया प्रयोग गरी घाँटीको पछाडीको भागमा (गर्दन) रेटेर घाइते बनाएका थिए । घाइते बालकको कोहलपुर मेडिकल कलेजमा उपचार भईरहेको डिएसपी खड्काले बताए ।

प्रकाशित मिति : २० असार २०७७, शनिबार  ८ : ४४ बजे

काठमाडौं महानगरले सामुदायिक विद्यालय, अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै

काठमाडौं । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालय र अस्पताल क्यान्टिनको खाद्य

समानुपातिक सांसद चयनका लागि एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ । बैठक

अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

भोजपुर ।भोजपुरका किसान यतिबेला अकबरे खुर्सानी रोपाइँमा व्यस्त भएका छन्

गोकुल बास्कोटाले शेरबहादुर तामाङलाई लगाए ‘चरम अवसरवादी पात्र’को आरोप

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टीकै अर्का नेता

शुक्लाफाँटाका किसानलाई अनुदानमा ‘मिनी टिलर’ वितरण

कञ्चनपुर । कृषिमा यान्त्रीकरणको प्रयोगलाई बढावा दिने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा