२० मंसिर २०८२, शनिबार | December 6, 2025

राष्ट्रपतिलाई महाअभियोग लगाउने कुरा झुठो प्रचार : नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले राष्ट्रपतिमाथि महाअभियोग प्रस्ताव ल्याउने भनेर झुठो प्रचार गरिएको बताएका छन् ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टी भित्रबाट राष्ट्रपतिलाई महाअभियोग र आफुलाई अध्यक्ष र प्रधानमन्त्रीबाट निस्कासन गर्ने षडयन्त्र भएको भन्दै मन्त्रीहरुलाई कित्ता क्लियर गर्न भने लगत्तै प्रवक्ता श्रेष्ठले ट्वीट गर्दै आरोप अस्वीकार गरेका हुन् ।

श्रेष्ठले सामाजिक सञ्चाल ट्वीटर मार्फत आफ्नो स्वार्थका लागि अनर्गल प्रचार नगर्न र राष्ट्रपतिलाई विवादमा नतान्न आग्रह पनि गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ मन्त्रीहरुसँगको छलफलमा आफूलाई प्रधानमन्त्री पदबाट हटाउने र राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने षडयन्त्र गरिएको सुनाएका थिए ।

प्रधानमन्त्रीले बालुवाटरमा मन्त्री, राज्यमन्त्री र सल्लाहकारहरुलाई षडयन्त्र भएको सुनाए लगत्तै रुेष्ठले ट्वीट गरेका थिए । उनले लेखेका छन्, ‘राष्ट्रपतिको विरुद्ध महाअभियोग प्रस्ताव ल्याउने अनर्गल झुठा प्रचार कसैले नगरौं । राष्ट्रपति संस्थाको अवमुल्यन नगरौं ।’

राष्ट्राध्यक्ष राष्ट्रपति सम्मानित संस्था हो भन्दै श्रेष्ठले यो गरिमामय संस्थालाई कसैले पनि आ–आफ्नो स्वार्थका लागि विवादमा नतान्न आग्रह गरेका छन् ।

उनले महाअभियोग ल्याउने प्रस्तावको झुठो प्रचारमा राष्ट्रपति स्वयंको पनि ध्यान जाने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  ७ : ०६ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले