२३ फाल्गुन २०८२, शनिबार | March 8, 2026

राष्ट्रपतिलाई महाअभियोग लगाउने कुरा झुठो प्रचार : नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले राष्ट्रपतिमाथि महाअभियोग प्रस्ताव ल्याउने भनेर झुठो प्रचार गरिएको बताएका छन् ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टी भित्रबाट राष्ट्रपतिलाई महाअभियोग र आफुलाई अध्यक्ष र प्रधानमन्त्रीबाट निस्कासन गर्ने षडयन्त्र भएको भन्दै मन्त्रीहरुलाई कित्ता क्लियर गर्न भने लगत्तै प्रवक्ता श्रेष्ठले ट्वीट गर्दै आरोप अस्वीकार गरेका हुन् ।

श्रेष्ठले सामाजिक सञ्चाल ट्वीटर मार्फत आफ्नो स्वार्थका लागि अनर्गल प्रचार नगर्न र राष्ट्रपतिलाई विवादमा नतान्न आग्रह पनि गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ मन्त्रीहरुसँगको छलफलमा आफूलाई प्रधानमन्त्री पदबाट हटाउने र राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने षडयन्त्र गरिएको सुनाएका थिए ।

प्रधानमन्त्रीले बालुवाटरमा मन्त्री, राज्यमन्त्री र सल्लाहकारहरुलाई षडयन्त्र भएको सुनाए लगत्तै रुेष्ठले ट्वीट गरेका थिए । उनले लेखेका छन्, ‘राष्ट्रपतिको विरुद्ध महाअभियोग प्रस्ताव ल्याउने अनर्गल झुठा प्रचार कसैले नगरौं । राष्ट्रपति संस्थाको अवमुल्यन नगरौं ।’

राष्ट्राध्यक्ष राष्ट्रपति सम्मानित संस्था हो भन्दै श्रेष्ठले यो गरिमामय संस्थालाई कसैले पनि आ–आफ्नो स्वार्थका लागि विवादमा नतान्न आग्रह गरेका छन् ।

उनले महाअभियोग ल्याउने प्रस्तावको झुठो प्रचारमा राष्ट्रपति स्वयंको पनि ध्यान जाने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  ७ : ०६ बजे

सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री अर्याल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनमा प्राप्त जनादेश अनुसारको सरकार

अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते

चितवन । जिल्लाको कालिका नगरपालिका–९ दब्यटारस्थित भित्री सडकखण्डमा अटो दुर्घटना

‘पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्’ भन्दै ओलीले दिए बालेन्द्रलाई बधाई

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं झापा-५ का पराजित उम्मेदवार

सुर्खेत-१ मा कांग्रेसका खड्का विजयी

सुर्खेत । सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा

झापा-५ मा बालेन्द्रको ऐतिहासिक जीत, ओली ४९ हजारभन्दा बढी मतान्तरले पराजित

काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा