७ आश्विन २०८३, बुधबार | September 23, 2026

रोटरी क्लब अफ सेन्ट्रल बुटवलमा भट्टराई



बुटवल । रोटरी क्लब अफ सेन्ट्रल बुटवलको पाचौ पद स्थापन कार्यक्रमबाट वर्ष २०२०/२०२१ का लागि बाबुराम भट्टराईको अध्यक्षतामा नया नेतृत्वलाई पद हस्तान्तरण गरिएको छ ।

वर्ष २०१९/२०२० का अध्यक्ष राजेन्द्र कार्कीले शनिबार पद स्थापन तथा शपथ खुवाए । आरआई डिष्ट्रिक गभर्नर राजिव पोखरेल र डिजि ईलेक्ट सन्तोष रिजालले अनलाईन माध्यमबाट कार्यक्रममा शुभकामना दिदै कोरोना भाईरसको विकराल अवस्थामा पनि रोटरी क्लब आफ्नो सामाजिक कार्यलाई निरन्तरता दिएर उदाहरणिय काम गरेको बताए ।

वर्ष २०१९/२०२० का अध्यक्ष राजेन्द्र कार्कीले आफ्नो कार्यकालमा सबै पदाधिकारी, सदस्यहरुको सहयोगमा आईसियु/सिसियु एम्बुलेन्स चलाउने, दाङ र पाल्पामा डायलोसिस सेन्टर संचालन, तराईका आठ वटा विद्यालयमा पिउनेपानी जडान, १० भन्दा बढि रोटरी, रोट्याक्ट, ईन्ट्रयाक क्लबहरु स्पोन्सर गर्नुका साथै ५२ वटाभन्दा बढी प्रोजेक्ट गर्न सफल भएको बताए ।

वर्ष २०२०/२०२१ का अध्यक्ष बाबुराम भट्टराईले आफ्नो कार्यकाल चुनौतीपुर्ण रहेको भन्दै कोरोना भाईरसको प्रभाव रोक्ने अभियानसंगै विगतका कामलाई निरन्तरता दिने बताए । स्वार्थभन्दा माथि सेवाको भावना अनुसार अघि बढ्ने उनले बताए । क्लबको स्पोन्सर क्लब रोट्याक्ट क्लब अफ सेन्ट्रल बुटवलको समेत पद स्थापन सम्पन्न भएको छ ।

रोट्याक्ट क्लब अफ सेन्ट्रल बुटवलको वर्ष २०१९/२०२० का अध्यक्ष लक्ष्मण खरेलले वर्ष २०२०/२०२१ का अध्यक्ष किसन कंडेललाई पद तथा गोपिनियताको सपथ खुवाएका थिए । क्लब अफ सेन्ट्रल बुटवल वर्ष २०१९/२०२० का सचिव वसन्त रोकायाले वर्ष २०२०/२०२१ का सचिव सन्तोष खरेललाई माईन्युड हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा जोन १८ का एजी हरि पौडेल, पिडिजि बासुदेव गोल्याल, संस्थापक अध्यक्ष एजाज आलम, किरणलाल श्रेष्ठ, एमके झा, डा.आरसि आचार्य, राजकुमार गुप्ताले नव कार्यकालका पदाधिकारी र सदस्यहरुलाई सफल कार्यकालको शुभ कामना दिएका थिए ।

क्लबमा संस्थापक अध्यक्ष एजाज आलमसहित रामप्रसाद बश्याल, टंक प्रसाद पोखरेल, राजेन्द्र कार्कीले नेतृत्व लिईसकेका छन । बुटवलमा गौतम बुद्ध मुटु अस्पतालको स्थापना गरेर देशभरमा सबैभन्दा बढी डायलोसिस गर्ने काम गरिरहेको उनले बताए ।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  ११ : २८ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई