१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

रोटरी क्लब अफ सेन्ट्रल बुटवलमा भट्टराई



बुटवल । रोटरी क्लब अफ सेन्ट्रल बुटवलको पाचौ पद स्थापन कार्यक्रमबाट वर्ष २०२०/२०२१ का लागि बाबुराम भट्टराईको अध्यक्षतामा नया नेतृत्वलाई पद हस्तान्तरण गरिएको छ ।

वर्ष २०१९/२०२० का अध्यक्ष राजेन्द्र कार्कीले शनिबार पद स्थापन तथा शपथ खुवाए । आरआई डिष्ट्रिक गभर्नर राजिव पोखरेल र डिजि ईलेक्ट सन्तोष रिजालले अनलाईन माध्यमबाट कार्यक्रममा शुभकामना दिदै कोरोना भाईरसको विकराल अवस्थामा पनि रोटरी क्लब आफ्नो सामाजिक कार्यलाई निरन्तरता दिएर उदाहरणिय काम गरेको बताए ।

वर्ष २०१९/२०२० का अध्यक्ष राजेन्द्र कार्कीले आफ्नो कार्यकालमा सबै पदाधिकारी, सदस्यहरुको सहयोगमा आईसियु/सिसियु एम्बुलेन्स चलाउने, दाङ र पाल्पामा डायलोसिस सेन्टर संचालन, तराईका आठ वटा विद्यालयमा पिउनेपानी जडान, १० भन्दा बढि रोटरी, रोट्याक्ट, ईन्ट्रयाक क्लबहरु स्पोन्सर गर्नुका साथै ५२ वटाभन्दा बढी प्रोजेक्ट गर्न सफल भएको बताए ।

वर्ष २०२०/२०२१ का अध्यक्ष बाबुराम भट्टराईले आफ्नो कार्यकाल चुनौतीपुर्ण रहेको भन्दै कोरोना भाईरसको प्रभाव रोक्ने अभियानसंगै विगतका कामलाई निरन्तरता दिने बताए । स्वार्थभन्दा माथि सेवाको भावना अनुसार अघि बढ्ने उनले बताए । क्लबको स्पोन्सर क्लब रोट्याक्ट क्लब अफ सेन्ट्रल बुटवलको समेत पद स्थापन सम्पन्न भएको छ ।

रोट्याक्ट क्लब अफ सेन्ट्रल बुटवलको वर्ष २०१९/२०२० का अध्यक्ष लक्ष्मण खरेलले वर्ष २०२०/२०२१ का अध्यक्ष किसन कंडेललाई पद तथा गोपिनियताको सपथ खुवाएका थिए । क्लब अफ सेन्ट्रल बुटवल वर्ष २०१९/२०२० का सचिव वसन्त रोकायाले वर्ष २०२०/२०२१ का सचिव सन्तोष खरेललाई माईन्युड हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा जोन १८ का एजी हरि पौडेल, पिडिजि बासुदेव गोल्याल, संस्थापक अध्यक्ष एजाज आलम, किरणलाल श्रेष्ठ, एमके झा, डा.आरसि आचार्य, राजकुमार गुप्ताले नव कार्यकालका पदाधिकारी र सदस्यहरुलाई सफल कार्यकालको शुभ कामना दिएका थिए ।

क्लबमा संस्थापक अध्यक्ष एजाज आलमसहित रामप्रसाद बश्याल, टंक प्रसाद पोखरेल, राजेन्द्र कार्कीले नेतृत्व लिईसकेका छन । बुटवलमा गौतम बुद्ध मुटु अस्पतालको स्थापना गरेर देशभरमा सबैभन्दा बढी डायलोसिस गर्ने काम गरिरहेको उनले बताए ।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  ११ : २८ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम